Author: Nisha Shrestha

काठमाडौँ- जन्मोत्सव मनाउने आ–आफ्नो तरिका हुन्छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो ५७ औँ जन्मोत्सव आज रक्तदान गरी मनाएका छन्। उनी नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रमा गई रक्तदान गरेका केन्द्रका निर्देशक दिव्यराज पौडेलले जानकारी दिए। रक्तदानपछि अध्यक्ष लिङ्देनले भने, “मैले आफ्नो जन्मोत्सवका दिन रक्तदान गर्दै आइरहेको छु, मेरो रगत पाउने व्यक्तिलाई निको भइरहेको छ, मलाई पनि फाइदा भएको छ ।” केन्द्रका निर्देशक पौडेलले भने, “रक्तदानका बारेमा जनचेतना जगाउन आवश्यक छ । हरेक राजनीतिक दलका नेता र सामाजिक क्षेत्रका अगुवाले आफ्नो जन्मोत्सवमा रक्तदान गरेमा समुदायलाई रक्तदान गर्न उत्प्रेरणामा सहयोग मिल्ने छ ।”

Read More

काठमाडौँ – चिकित्सा शिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीअन्तर्गतका मापदण्ड नपुगेका २५ शिक्षण संस्थामा भर्ना रोकेको छ । भर्ना रोकिएका शिक्षण संस्थाहरू स्वास्थ्यसम्बन्धी विषयहरू पठनपाठन हुने र चिकित्सा शिक्षा ऐनको व्यवस्थाअनुसार स्तरोन्नतिमा परेका हुन् । ऐनले फेजआउट गरेका १ सय २२ मध्ये गत फागुनमा ६५ वटा शिक्षण संस्थालाई आयोगले स्तरोन्नति गर्न अनुमति दिएको थियो । ६५ मध्ये आयोगले ४० वटा शिक्षण संस्था मात्र विद्यार्थी भर्ना गर्न योग्य रहेको जनाएको हो । आयोगका उपसचिव सेमन्तराज कोइरालाले सूचना जारी गरेर २५ वटा शिक्षण संस्थाले मापदण्ड पूरा नगरेको जनाएका छन् । शैक्षिक कार्यक्रम सञ्चालन गर्न शिक्षक, भवन, कक्षाकोठा, अस्पताल, ल्याबलगायतका…

Read More

काठमाडौँ – दशैंका लागि अग्रिम टिकट बुकिङ असोज १ गतेबाट खुल्ने भएको छ । आज यातायात व्यवस्था विभागले १ गतेबाट टिकट खुल्ला गर्ने निर्णय गरेको हो । टिकट घरमा नै बसेर अनलाइनबाट पनि काट्न सकिने छ । दशैंमा घर जानका लागि सहज होस् भनेर प्रत्येक वर्ष दशै अघि नै अग्रिम टिकट बुकिङ खुल्ने गरेको छ । अग्रिम टिकट बुकिङ्ग तथा उपत्यकाबाट बाहिरिने र उपत्यकामा भित्रिने यात्रुवाहक सवारी साधनको यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, उपभोक्ता मञ्च, व्यवसायी र मजदूरहरूसँग सहकार्य गरी प्रभावकारी अनुगमन गर्नेरगराउने, कोभिड-१९ को महामारीलाई मध्यनजर गरी मास्कको प्रयोग गर्न लगाउने साथै अन्य स्वास्थ्य मापदण्ड पालना गरी सवारी सञ्चालन…

Read More

काठमाडौं – आज (बुधबार) पनि सेयर बजार ओरालो यात्रामै छ। नेप्से परिसूचक घट्दा कारोबार रकम ८३ करोडमा सिमित छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ११.९७ अंकले घटेर १९३९.८८ विन्दुमा झरेको छ। नेप्से ०.६१ प्रतिशतले घटेको हो । यता सेन्सेटिभ परिसूचक पनि १.७० अंकले घटेर ३७७.३८ विन्दुमा झरेको छ । कूल २२४ वटा कम्पनीको २९ लाख ४३ हजार ७ सय ६९ कित्ता सेयर खरिदबिक्री हुँदा ८२ करोड ६२ लाख ३० हजार ५ सय ८३ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज म्युचुअल फण्डबाहेक बाँकी सबै वटा उपसमूहको…

Read More

काठमाडौं – केन्यासँगको दुई पक्षीय श्रृंखलामा सहभागी भएर बुधबार नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ। पाँच खेलको टी–२० र तीन खेलको एकदिवसीय श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय क्रिकेट टिम बुधबार फर्किएको हो। टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) का व्यवस्थापक विनोद दास र क्यानका पदाधिकारीहरुले स्वागत गरेका छन्। नेपालले घरेलु टोलीविरुद्धको ५ खेलको टी–२० श्रृंखला ३–२ ले जितेको थियो। यस्तै तीन खेलको एकदिवसीय सिरिज ३–० ले क्लीन स्वीप गरेको थियो। भ्रमण सकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा ओर्लिएको नेपाली टोलीका उपकप्तान रोहितकुमार पौडेलले समग्रमा केन्या भ्रमण राम्रो भएको प्रतिक्रिया दिए। एकदिवसीय खेलमा कप्तानको जिम्मेवारी सम्हालेका रोहितले नयाँ खेलाडीको प्रदर्शन राम्रो भएको र आउँदा…

Read More

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल एमालेले आसन्न निर्वाचनलाई प्रभावित गर्ने गरी सरकारले काम गरेको आरोप लगाएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले प्रमुख सचेतक विशाल भट्टराईले ४ मंसिरमा हुने निर्वाचनलाई प्रभावित गर्ने गरी सरकारले काम गरेको आरोप लगाएका हुन् । निर्वाचनलाई प्रभावित गर्ने गरी कर्मचारी सरुवा गरेको, विधेयक ल्याएको, विवेकको प्रयोग नगरी बहुमतको बलमा पारित गरेको आरोप लगाएका उनले सरकारलाई तत्काल भइसकेका सरुवा बदर गर्न र नयाँ सरुवा, नियुक्ति नगर्न चेतावनी दिए । काम चलाऊ सरकारको हैसियतमा रहेका सरकारले दीर्घकालीन महत्त्वका निर्णय गरेको भन्दै उनले जथाभाबी, मनलाग्दी, निर्वाचन प्रभावित पार्ने गरी सरकारले छानीछानी प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र स्थानीय तहका…

Read More

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको विकास निर्माणमा कर्मचारीतन्त्रको महत्वपूर्ण जिम्मेवारी रहेको बताएका छन् । उनले जनताको सबैभन्दा अगाडि भएर काम गर्ने कर्मचारी भएकोले कर्मचारीले गुणस्तरीय सेवा दिनुपर्नेमा जोड दिए । प्रधानमन्त्री देउवाले १९ औँ निजामति सेवा दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा कर्मचारीकै सहयोगबाट नै समग्र मुलुकको विकासको काम अघि बढ्ने बताए । उनले कर्मचारीले सहयोग नगर्दासम्म मुलुकको विकास हुन नसक्ने धारणा राखे ।’हामीलाई जनताले मत दिएर जिताए मात्र सरकारमा आउने हो’, उनले भने, ‘तर कर्मचारी तपाईहरु स्थायी सरकार हो । मुलुक बनाउने तपाईहरुको हातमा रहेको छ ।’ उनले कर्मचारीलाई आवश्यक सेवा सुविधा दिन आफू तयार रहेको बताए ।…

Read More

काठमाडौं – तेल उत्पादक तथा वितरक मुलुकहरुको संगठन ओपेक प्लसले आगामी अक्टोबरदेखि दैनिक १ लाख ब्यारेल उत्पादन कटौती गर्ने निर्णय गरेको छ । सोमबार बसेको ओपेक प्लसको बैठकले आगामी महिनादेखि उत्पादनको लक्ष्यमा प्रतिदिन १ लाख ब्यारेल कटौती गर्ने निर्णय गर्दै आवश्यक परेका बेला ओपेक प्लस र गैरओपेक मुलुकको मन्त्रिस्तरीय बैठक बोलाउने निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अन्तर्राष्ट्रिय बजारमा घट्दै गएको कच्चा तेलको भाउलाई स्थिर राख्ने लक्ष्यस्वरुप ओपेक प्लसले उत्पादन घटाउने लक्ष्य लिएको हो । सेप्टेम्बर महिनामा भने अगस्टको तुलनामा प्रतिदिन १ लाख ब्यारेल नै उत्पादन थपिएको थियो । त्यहीं परिमाण अक्टोबरमा कटौती हुने भएको हो ।  यद्यपि…

Read More

काठमाडौं – सुनसरी, कपिलवस्तु, इलाम र चितवनमा भएको सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ । सुनसरीको दुहबी नगरपालिका–३ फुटानीमा प्रदेश नं.१–०४–००१ प ८१३८ नम्बरको मोटरसाइकल को।१ च ७१८६ नम्बरको पिकअपमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मंगलबार भएको उक्त दुर्घटनामा मोटरसाइकल चालक मोरङ धनपालथान गाउँपालिका–२ बस्ने २० वर्षीय धिरज मण्डलको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट नर्सिङ होम विराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ पानीधारास्थित सडकमा लु।२९ प ४०४३ नम्बरको मोटरसाइकल मंगलबार बेलुकी…

Read More

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले इन्द्रजात्रा नेपालको सांस्कृतिक पर्यटनको लागि प्रमुख आकर्षण रहेको बताएका छन् । काठमाडौँको प्रसिद्ध इन्द्रजात्रा सुरुवातको अवसरमा आज हनुमानढोका पुगेका मन्त्री श्रेष्ठले इन्द्रजात्रासँगै यहाँका अनगन्ती मूर्त-अर्मूत संस्कृति र सम्पदाहरूको प्रचार–प्रसारबाट पर्यटकलाई आकर्षण गर्न सकिने बताए । मुलुकको सांस्कृतिक धरोहरको रूपमा रहेको इन्द्रजात्राको काठमाडौँ उपत्यकामा मनाइने अन्य जात्रा र चाडपर्वमध्ये विशिष्ट स्थान रहेको उनले बताए। नेपालका विभिन्न जातजातिका संस्कृति, संस्कार, परम्परा, जीवनशैली पर्यटक लोभ्याउने खालका रहेको बताउँदै उनले संस्कृति र सम्पदाहरूलाई पर्यटनसँग जोडेर स्थानीय जनताको जीवनस्तर उकास्ने आफ्नो कार्य योजना रहेको सुनाए । सांस्कृतिक सम्पदाको प्रवर्द्धनमार्फत पर्यटकलाई आकर्षित गर्ने र नेपालको समृद्धिमा यसलाई…

Read More