Author: Nisha Shrestha

काठमाडौं – नेकपा (एमाले) को केन्द्रीय निर्वाचन परिचालन कमिटीको आजको पहिलो बैठकले ३४ सदस्यीय सचिवालय गठन गरेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गठित सो चार सय ५१ सदस्यीय कमिटीका संयोजक एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा भएको बैठकले सचिवालय गठन गरेको हो । सो कमिटीको सचिवको जिम्मेवारी पार्टीका उपमहासचिव विष्णु रिमाललाई तोकिएको छ । एमालेका केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार बैठकले देशव्यापी निर्वाचन कमिटी गठन गरेर निर्वाचनकेन्द्रित गतिविधि अघि बढाउने निर्णय गरेको छ । परिचालन कमिटीमा पार्टीका केन्द्रीय कमिटीका सदस्यहरू, केन्द्रीय लेखापरीक्षण आयोग, केन्द्रीय निर्वाचन…

Read More

काठमाडौं – राष्ट्रिय सभाले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समिति पठाएको छ । आइतबार बसेको राष्ट्रिय सभा दोस्रो बैठकले उक्त विधेयकलाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्तावलाई सर्वसम्मतीले स्वीकृत गरेको सभाअध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले जानकारी दिए । प्रमाणीकरणका लागि आएको नेपाल नागरिकता (पहिलो संशोधन) २०७९ विधेयकका केही विषयमा सुझाव र सन्देशसहित राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि संघीय संसदमै फिर्ता पठाएकी छन् । तर, प्रतिनिधिसभाले जस्ताको तस्तै उक्त विधेयक दोस्रो पटक पारित गरेको छ । आफूले पारित गरेको उक्त विधेयक प्रतिनिधिसभाले राष्ट्रियसभामा पठाएको हो । तर, राष्ट्रियसभाले उक्त विधेयक पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा…

Read More

काठमाडौं – काठमाडौं उपत्यका प्रहरी प्रमुख एआईजी रबिन्द्र धानुकले काठमाडौं उपत्यका प्रहरी कार्यालय मातहत कार्यालय प्रमुखहरूसंग वार्षिक कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरेका छन् । संगठन प्रमुख प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रबिन्द्र बहादुर धानुकबीच गत साउन २५ गते वार्षिक कार्यसम्पादन सम्झौता भए अनुसार उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा आइतबार एक समारोहकाबीच मातहत कार्यालयका प्रमुखहरू संग कार्य सम्पादन सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक रबिन्द्र बहादुर धानुक र त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी नायवब महानिरीक्षक श्यामलाल ज्ञावली, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक मिरा चौधरी, काठमाडौं…

Read More

काठमाडौं – राष्ट्रपतिबाट पुनर्विचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता भएको नागरिकता विधेयकलाई राष्ट्रियसभाले छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । आइतबार बसेको राष्ट्रियसभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले सर्वसम्मतिले स्वीकृत गरेको छ । सदनमै छलफल गर्नुपर्ने बताउँदै आएको सरकार र सत्तारुढ गठबन्धन पछाडि हटेपछि यो विधेयक विधायन व्यवस्थापन समितिमा पुगेको हो । यो विधेयकमाथि अब राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा दफावार छलफल हुनेछ । विषयगत समितिले अब विधेयक पारित गरेर समितिको प्रतिवेदन सहित पुनः सभामा पेश गर्नेछ । राष्ट्रिय सभाको अर्को बैठक भदौ १६ गतेका लागि बालाइएको छ ।

Read More

काठमाडौं – काठमाडौं महागरपालिकाले भोटाहिटी–रत्नपार्कको अण्डरपास (सब–वे) माथि अवैध संरचना भत्काएको छ । भोटाहिटी र रत्नपार्क जोडिने अण्डरपासमाथि बनेको अवैध संरचना महानगर प्रहरीले आफैं भत्काउन थालेको हो । सब–वेमाथि व्यापार गर्ने उद्देश्यले थपिएको नक्सा विपरीतको संरचना भत्काउन सुरु गरिएको हो । महानगरले ठेक्का दिएको ठेकदरले थपेको संरचना अवैध ठहर भएपचि भत्काउन लागिएको उनले बताए ।

Read More

काठमाडौं — काठमाडौंको शंखरापुर नगरपालिकामा एक महिला मृत भेटिएकी छिन्। शंखरापुर नगरपालिका वडा नम्बर १ स्थित नाङ्लेभारे बजारस्थित गोरेटो बाटोमा सोही ठाउँ बस्ने ४६ वर्षीया बिमला तामाङ (मगर) मृत अवस्थामा फेला परेकी छिन्। आइतबार बिहान मृत भेटिएकी महिलाको मृत्यु प्रकरणमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Read More

काठमाडौं – भारतको नोयडा राज्यमा दुई ठूला टावर एकैपटक विस्फोट गरेर भत्काइँदैछ। आइतबार भारतीय समय अनुसार दिउँसो २ बजेर तीस मिनेटमा उक्त भवनमा विस्फोट गराइने छ। यसका लागि करिब ३ हजार ७ सय किलो बारूदको प्रयोग गरिने छ। अहिले उक्त क्षेत्रमा प्रवेश निषेध गरिएको छ भने बिहानदेखि भवन छेउछाउको क्षेत्रमा रहेका करिब ७ हजार व्यक्तिका घरलाई पनि खाली गरिएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार करिब ३२ तले भवन भत्काउनका काउनडाउन सुरु भएको छ। करिब १२ सेकेन्डमा ती भवनहरू पूर्ण रूपले भत्काइने बताइएको छ। उक्त क्षेत्रमा करिब ५ सय ६० प्रहरी, १०० रिजर्भ फोर्स र ४ क्विक रेस्पोन्स टिम एनडीआरएफ तैनाथ गरिएको…

Read More

बाग्लुङ – बाग्लुङमा विद्यार्थी बेहोस हुन थाले पछि तीन दिनका लागि विद्यालय बन्द गरिएको छ । बाग्लुङ–बरेङ गाउँपालिका–३ स्थित बाटाकाचौरको शारदा माध्यमिक विद्यालयका विद्यार्थी एकाएक बेहोस हुन थाले पछि तीन दिनका लागि विद्यालय बन्द गरिएको हो । प्रधानाध्यापक देवीदत्त पौडेलका अनुसार विद्यार्थीहरु चिच्याउने, टाउको दुख्ने, एकोहोरो भएर टोलाउने, बरबराउने जस्ता कार्य गरी बेहोस हुन थाले पछि विद्यालय बन्द गर्नु परेको हो ।

Read More

काठमाडौं – पिपुल्स पावर कम्पनीको आइपीओ आज आइतबार बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आफ्नै कार्यालय कमलादी काठमाडौंमा दिउँसो २ बजे आइपीओ बाँडफाँट गर्ने तयारी भएको छ । यसको प्री– अलोटमेन्ट गत बुधबार नै सम्पन्न भइसकेको छ । यसमा मागभन्दा ७।९३ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । जसमा २ लाख २९ हजार ४६८ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १३ लाख ७६ हजार ६४१ जनाको भने हात खाली हुनेछ । यसमा कुल १६ लाख ६ हजार ११० जनाले १ करोड ८२ लाख १९ हजार ७० कित्ताका लागि आवेदन दिएका छन् ।…

Read More

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा निर्माण भएका र निर्माणको चरणमा रहेका शहरहरूलाई व्यवस्थित र योजनावद्ध रूपमा अगाडि (निर्माण) बढाउनुपर्ने बताएका छन् । शनिबार बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गर्दै देउवाले सो कुरा बताएका हुन् । प्रधानमन्त्री देउवाले शहरलाई व्यवस्थित रुपमा निर्माण गर्नु आजको आवश्यकता रहेको बताए। कार्यक्रममा लिखित मन्तव्य दिएका प्रधानमन्त्री देउवाले व्यवस्थित शहर नहुँदा स्वास्थ्य विपति र सामाजिक विकृति फैलिने गरेको बताए । व्यवस्थित शहरीकरणबाट मात्रै आर्थिक, सामाजिक र शैक्षिक गतिविधिले गति लिन सक्ने बताउँदै उनले यसबाट मात्र दीगो विकास लक्ष्य हासिल गर्न सकिने स्पष्ट पारे । बुटवलमा बनेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रले यहाँको पर्यटकीय, आर्थिक र शैक्षिक विकासमा…

Read More