Author: Nisha Shrestha

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही वैशाख ११ देखि १७ गतेसम्म खोप सप्ताह मनाउने भएको छ । मन्त्रालयले वैशाखलाई पूर्णखोप सुनिश्चित र प्रमाणीकरण महिनाका रूपमा मनाउने उद्देश्यले खोप सप्ताह मनाउन लागिएको हो । लगाउन छुटेका सबै बालबालिकालाई खोप लगाई नेपालमा पूर्णखोप रहेको सुनिश्चित गर्नका लागि सप्ताह मनाउन लागेको स्वास्थ्य मन्त्रालय परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले जानकारी दिए। उनले सप्ताहमा लगाउन छुटका सबै बालबालिकालाई खोप दिइने बताए । विभिन्न जिल्लामा खोप लगाउन छुटेका बालबालिकाको सङ्ख्या बढ्दै गइरहेकाले उनीहरूमा दादुरा, रुवेलालगायत महामारीको जोखिम बढ्न सक्ने भएकाले खोप सप्ताहअन्तर्गत वैशाखभर सबै बालबालिका खोप दिइने निर्देशक लालले बताए । वैशाख पहिलो हप्तादेखि…

Read More

काठमाडौँ – रास्वपाका सभापति रवि लामिछानेले ढाकाकुमार श्रेष्ठलाई मुद्दा, मामिलामा नगर्न आग्रह गरेका छन् । रास्वपा सभापति लामिछानेले चितवनमा चुनावी सभालाई सम्बोधन गर्ने क्रममा श्रेष्ठलाई मुद्दा नहाल्न आग्रह गरेका हुन् । उनले भने, ‘जो साथी बाहिरिनुभयो, हाम्रा लागि पूर्व सांसद, उहाँलाई म यति मात्रै भन्न चाहन्छु कि यो यात्रामा तपाईँले हामीलाई सघाउनु होला । यो गर्छु, त्यो गर्छु, मुद्दा हाल्दिन्छु, त्या गर्छु, यसो गर्दिन्छु नभन्नुहोला । यो यात्रामा कहीँ न कहीँ तपाईँको पनि योगदान छ । आफूले योगदान दिएको यात्रामा आफू साइड लागेर, आफू अन्त बसेर पनि तपाईँले सघाउनु होला । भोलि अदालतले क्लिन चिट दिएछ भने नेपाली जनताले भोट…

Read More

गण्डकी – नयाँ वर्ष २०८० को आगमनसँगै पोखराका होटेल क्षमताको ९० प्रतिशत बढी भरिएका छन् । कोरोनाका कारण लामो समयसम्म प्रभावित यहाँको पर्यटन गत माघ १ गते भएको यती एयरलाइन्सको विमान दुर्घटनापछि झनै सुस्ताएकामा नयाँ वर्षको आगमनले उत्साह थपेको होटेल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । पोखरा र आसपास गरी यहाँ ठुला–साना गरी लगभग एक हजार दुई सय होटेल सञ्चालनमा छन् । उनले नयाँ वर्षको आगमनसँगै देखिएको पर्यटकको चापले आफूहरूलाई उत्साहित बनाएको उनले बताए । ‘नयाँ वर्षका कारण यतिखेर लेक साइडका होटेल लगभग शतप्रतिशत भरिएका छन्’, उनले भने, ‘लेकसाइडमात्र नभई पोखरा र आसपासका होटेलसमेतको अक्युपेन्सी हेर्दा ९० प्रतिशतभन्दा…

Read More

बाँके– नेपालगञ्ज विमानस्थलबाट ब्राउनसुगरसहित एक युवक पक्राउ परेका छन् । विमानस्थल सुरक्षा गार्डको प्रहरी टोलीले शुक्रबार बिहान जाँचका गर्ने क्रममा ब्राउनसुगरसहित कैलालीको घोडाघोडी नगरपालिका–२ बस्ने २२ वर्षीय अमूल क्षेत्रीलाई पक्राउ गरेको हो । उनका साथबाट ४५ ग्रामको ब्राउनसुगर बरामद गरिएको बाँके प्रहरीले जनाएको छ । उनी श्री एयरलाइन्सबाट काठमाडौँतिर जान लागेका थिए । पक्राउ परेका क्षेत्रीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

नयाँदिल्ली – बितेका २४ घन्टामा देशभर १० हजार सात सय ५३ जना कोरोनाका बिरामी थपिएका छन् । शुक्रबार ११ हजार एक सय नौ जना बिरामी भेटिएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले आज जनाएको छ । गत बिहीबार १० हजार एक सय ५८ जनामा कोभिड–१९ भेटिएको थियो । अहिले भारतभर ५३ हजार सात सय २० जना सक्रिय सङ्क्रमित छन् । बितेका २४ घन्टामा छ हजार छ सय २८ जना स्वास्थ्य लाभ गरी घर फर्केका छन् । हालसम्म चार करोड ४२ लाख २३ हजार दुई सय ११ जना कोरोनामुक्त भएका छन् ।

Read More

बैतडी – बैतडीका स्थानीय तहहरूले विद्यालय तह समायोजन गरिरहेका छन् । यहाँको पाटन नगरपालिकाले भौगोलिकरुपमा टाढा भएका र विद्यार्थी सङ्ख्याका आधारमा तह समायोजन गरिरहेको छ । नगरपालिकाका शिक्षा शाखा प्रमुख ललित पाण्डेयका अनुसार नगरका ११ विद्यालयका तह समायोजन गर्ने कार्य भइरहेको छ । वडा नं १ को गरालेकस्थित दुर्गाबताल आधारभूत विद्यालय अब कक्षा ३ सम्म कायम रहने छ । यसअघि उक्त विद्यालयमा कक्षा ५ सम्म अध्ययन–अध्यापन हुँदै आएको थियो । वडा नं १ कै भुवनेश्वरी आधारभूत विद्यालय लदौली पनि कक्षा ३ सम्म कायम रहने छ । यसअघि यहाँ कक्षा ५ सम्म पढाइ हुँदै आएको थियो । वडा नं २ को…

Read More

काठमाडौँ – संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले कोलम्बियाको शान्ति प्रक्रियाका सकारात्मक अनुभवबाट पाठ सिकेर नेपालले बाँकी काम पूरा गर्न सक्ने बताएका छन् । सङ्क्रमणकालीन न्यायसम्बन्धी अध्ययनका लागि कोलम्बिया पुगेको नेपाली प्रतिनिधिमण्डलको सम्मानमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै संविधानसभाका अध्यक्ष नेम्वाङले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन राष्ट्रपति हुवाँ म्यानुअल सान्तोषले निर्वाह गरेको सान्तोषलाई नोबेल शान्ति पुरस्कारबाट सम्मानित गरिएको थियो । सरकार र कोलम्बियाको क्रान्तिकारी सशस्त्र बल (फार्क)लगायत विभिन्न सशस्त्र समूहबीचको ५० वर्षभन्दा लामो सशस्त्र सङ्घर्ष अन्त्य भएको थियो । नेपालले पनि १० वर्ष लामो सशस्त्र सङ्घर्ष सन् २००६ मा शान्ति सम्झौतामार्फत अन्त्य भएको प्रसङ्ग जोड्दै अध्यक्ष नेम्वाङले त्यसपछि नेपाल थप दिगो शान्तितर्फ उन्मुख…

Read More

काठमाडौँ– शनिबार बिहान बसेको सत्तारुढ तीन दलको बैठक बिनानिष्कर्ष सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच मन्त्रालय बाँडफाँडबारे छलफल भएको थियो । नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एसबीच कुरा नमिल्दा बैठक बिनानिष्कर्ष सकिएको हो। बैठक पुनः बेलुका बस्ने बताइएको छ । बिहानको छलफलमा काङ्ग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा थिए। यस्तै समाजवादीबाट महासचिव घनश्याम भुसाल र किसान श्रेष्ठ को सहभागिता रहेको थियो।

Read More

पेरिस – व्यापक विरोधका बीच फ्रान्समा निवृत्तिभरण प्राप्तिको उमेर बढाइएको छ । निवृत्तिभरण प्राप्तिको विद्यमान ६२ वर्षलाई बढाएर ६४ वर्ष कायम गरिएको छ । राष्ट्रपति इमानुएल म्याक्रोँले निवृत्तिभरण प्राप्तिको उमेर वृद्धिसम्बन्धी कानुनमा आज बिहान हस्ताक्षर गरेसँगै त्यो आगामी सेप्टेम्बरदेखि लागू हुनेछ । देशको शीर्ष संवैधानिक परिषद्ले पेन्सन पाउने उमेर ६४ वर्ष हुनुपर्ने प्रस्तावित कानुनलाई अनुमोदन गरेको केही घण्टामै राष्ट्रपतिले त्यसमा हस्ताक्षर गरेका थिए । उनले विद्यमान निवृत्तिभरण प्रणालीलाई ध्वस्त हुनबाट जोगाउन त्यसमा सुधार गरिएको बताएका छन् । परिषद्ले जनमत सङ्ग्रहका लागि विपक्षीबाट भएको मागलाई अस्वीकार गरे पनि प्रस्तावित कानुनका केही त्रुटि औँल्याएको छ । परिषद्को निर्णयप्रति असहमति जनाउँदै प्रदर्शनकारीले आगो…

Read More

काठमाडौँ – जापानका प्रधानमन्त्री फुमिओ किशिदालाई लक्षित गरी आक्रमण भएको छ। एक सार्वजनिक कार्यक्रममा सहभागी भइरहेका बेला प्रधानमन्त्री किशिदालाई लक्षित गरी ‘स्मोक बम’ फालिएको हो। घटना जापानको पश्चिमी वाकाया शहरमा शनिबार बिहान भएको समाचार संस्था रोयटर्सले जनाएको छ । बम विष्फोटको आवाज सुनेपछि हंगामा मच्चिएको थियो। सुरक्षाकर्मीले तत्कालै प्रधानमन्त्रीलाई सकुशल बाहिर निकालेका थिए । जापान टाइम्सको रिपोर्ट अनुसार प्रधानमन्त्री किशिदा र्‍यालीलाई सम्बोधन गर्न वाकायामा शहर पुगेका थिए। उनले यसै महिनाको अन्त्यमा हुने उपनिर्वाचनका लागि आफ्नो पार्टीको लिबरल डेमोक्रेटिक पार्टीका उम्मेदवारको समर्थनमा भाषण दिने भएका थिए। यसै क्रममा संदिग्ध आक्रमणकारी पक्राउ परेका छन्। ती व्यक्तिले प्रधानमन्त्री सम्मिलित सभातिर धुवाँ निस्कँदै गरेको…

Read More