Author: Nisha Shrestha

काठमाडौँ । सरकारले मिटर ब्याज पीडितहरूको समस्या समाधानका गर्नका लागि समिति गठन गरेको छ । समितिमा गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्मा, गृह मन्त्रालयकै उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जंगबहादुर डङ्गा छन् । बर्दिबासदेखि ११ दिन हिँडेर आइतबार बिहान काठमाडौँ आइपुगेका मिटरब्याज पीडितहरूले सोमबार दिनभर नाराबाजी गरेका थिए । सोमबार राति खुलामञ्चमा बास बस्न चाहेका उनीहरूलाई महानगरपालिकाले रोक लगाएपछि रत्नपार्कको सडक पेटीमै बास बसेका थिए । मिटर ब्याजपीडितहरूले कष्टपूर्ण संघर्षसहितको आन्दोलन थालेपछि सरकारले आवश्यक पहल थालेको छ । सरकारले पीडितहरूको समस्या समाधान गर्ने सम्बन्धी कानुनी व्यवस्था गर्ने विधेयक…

Read More

कैलाली – नेकपा एमालेका नेता डा. भीम रावलले तत्काल एमाले छोड्ने मनस्थितिमा नरहेको बताएका छन् । आज धनगढीमा पत्रकारहरूको भेटघाटमा उनले ५० वर्षसम्म हिँडेको गन्तव्य परिवर्तन गर्ने पक्षमा नरहेको स्पष्ट पारेका हुन् । ‘तपाइ अहिले पार्टीको कुनै भूमिकामा हुनुहुन्न, कञ्चनपुरमा नेकपा एकीकृत समाजवादी सहितको नेताहरूको भेलालाई सम्बोधन गरेर आउनु भएको छ, के एमाले छोड्न लाग्नु भएको हो ?’ पत्रकारको प्रश्नमा रावलले भने, ‘म अहिलेसम्म नेकपा एमालेको सदस्य हुँ । तँ नेकपा एमालेको सदस्य बन्न पाउँदैनस् किनभने तैँले राष्ट्रियताको कुरा उठाउन थालिस्, पार्टीमा विधि पद्धतिको कुरा गर्छस् भनेर घचेट्या घचेट्यै गरे भने त्यति बेला नेकपा एमालेका इमानदार कार्यकर्ता, जनतासँग सोध्नेछु– त्यति…

Read More

काठमाडौँ- मिटरब्याजी पीडितहरुले आज बिहानैबाट विरोध प्रदर्शन सुरु गरेका छन्।‍ पीडितहरुले आज बिहानैदेखि काठमाडौँको टंगालमा बिरोध प्रदर्शन गरेका हुन्। मिटरब्याजी पीडितलाई भेट्न गृह मन्त्रालयका प्रतिनिधि टंगाल पुगेका थिए । गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्मा, काठमाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, काठमाडौँका प्रहरी प्रमुख दानबहादुर कार्की लगायतको टोली टंगाल पुगेर पीडितका माग सम्बोधन गर्ने प्रयास भइरहेको बताएका हुन् । ‘कतिपय विषय कानुन बनाएर संशोधन गर्नुपर्ने छन् । प्रहरी प्रशासन मात्रै भनेर सबै गर्न सकिने कुरा भएन’, सहसचिव शर्माले भने, ‘कानुन बनाउन समय लाग्छ । कानुन बनाउने काम अघि बढेको छ । प्रमुख जिल्ला अधिकारीले पनि काम गरिरहनुभएको छ ।’ उनले सरकारले…

Read More

बैतडी – बैतडीमा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ। पुर्चाैडी नगरपालिका ६ मुडेलीका २३ वर्षीय लोकेन्द्र साउँदको घरनजिकैका चनेपड भिरबाट लडेर मृत्यु भएको हो । सोमबार साँझ स्थानीय बजारबाट घर जाने क्रममा भिरबाट लडेर साउँदको घटनास्थलमै मृत्यु भएको वडा नं ६ का वडा अध्यक्ष नरेन्द्र साउँदले जानकारी दिए । घटनाबारे थप जानकारी आउन बाँकी छ ।

Read More

बारा- सिम्रौनगढमा आज बिहान भएको आगलागीबाट छ घर–गोठ जलेर नष्ट भएका छन् । सिम्रौनगढ नगरपालिका–२ रानीवास बजारमा लागेको आगलागीबाट करिब रु १० लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक सुरेन्द्र साहले जानकारी दिनुभयो । रामप्रित हाजराको घुरबाट सल्केको आगोले रामसुरत हाजरा, लालबाबु पासवान, राजेश पासवान, रमेश पासवान र गगनदेव पासवानको घर–गोठ जलेर नष्ट भएको वडाध्यक्ष अरबिन्द मुखियाले जानकारी दिनुभयो । आगोले नगद, अन्नपात, लत्ताकपडालगायत घरमा रहेका सामग्री पूर्णरूपमा जलेका छन् । बिहान ३ बजेदेखि लागेको आगो एक घण्टापछि प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा आएको थियो ।

Read More

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा दिल्ली पुगेकी छन् । आमा प्रतिभा राणासहित सोमबार साँझ भारतको राजधानी नयाँ दिल्ली पुगेकी हुन् । मन्त्रीमा आफ्नो नाम पनि चर्चामा रहेको बेला कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी नेतृ आरजु नयाँ दिल्ली गएकी छन् । नियमित स्वास्थ्य जाँचका लागि भनेर नयाँ दिल्ली गए पनि उनले राजनीतिक भेटघाट पनि गर्ने बुझिएको छ ।

Read More

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मिटरब्याज पीडितको समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् । मंगलबार बिहानै टंगालमा मिटरब्याज पीडितहरूको धर्ना कार्यक्रममा सहभागी भएका लामिछानेले उनीहरूको समस्या समाधानको पहल गर्ने बताएका हुन् । ‘म यहाँ धर्नामा ऐक्यबद्धता जनाउन आएको होइन, समस्या समाधानको पहल गर्ने बाचा गर्न आएको हुँ, लामिछानेले भने आजै प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता हुँदैछ । त्यहाँ मेरा कुरा राख्नुभन्दा पहिला तपाईँहरूको समस्याका बारेमा जानकारी गराउँछु,’ उनले भने । लामिछानेले मिटर ब्याज पीडितको समस्या कानुनी उपचारबाट सम्भव नरहेको पनि बताए । साहुहरूले अनेक किसिमका झुटा कागजपत्र तयार गरेकोले पीडितले अदालतबाट न्याय पाउन नसक्ने…

Read More

काठमाडौँ- आज सेयरबजारमा हरियाली छाएको छ । केही दिनयता लगातार घटेको नेप्से सूचक आज १७.७० अंकले बढेर १९०६ को विन्दुमा कायम हुन पुगेको हो। आज सेयरबजारमा एक अर्ब ३८ करोड २७ लाख रुपैयाँ माथिको कारोबार भएको छ । आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । हिजो नेप्से २६.८७ अंकले घटेर १ हजार ८ सय ८८.२७ विन्दु कायम भएको थियो। आज नेप्सेमा १ अर्ब ३८ कारेड २७ लाख ६७ हजार बराबरको कारोबार भएको हो । आज कारोबार भएका कम्पनीमध्ये १६७ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने ४४ कम्पनीको सेयरमूल्य घटेको छ । त्यस्तै ४ कम्पनीको सेयरमूल्य स्थिर…

Read More

काठमाडौँ – सरकारले मुलुकका सबै मालपोत कार्यालयलाई विद्युतीय प्रणालीमा आबद्ध गर्ने भएको छ । मालपोत कार्यालयमा लागू भएको भू-राजस्व सूचना प्रणालीबाट सबै मालपोत कार्यालय जोडिने र यसबाट सेवाग्राहीले सहजरुपमा सेवा पाउने तथा अभिलेख प्रणाली व्यवस्थित हुनेछ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले विद्युतीय प्रणालीमा आबद्ध नभएका कार्यालयलाई वैशाख २ र आगामी असार मसान्त गरी दुई चरणमा यो काम सम्पन्न गर्न निर्देशन दिइसकेको जानकारी दिए । भूमि व्यवस्थापन विभागका महानिर्देशक पद्मनिधि सोतीले सबै कार्यालयले विद्युतीय सूचना प्रणालीको प्रयोग गरी सेवा प्रवाहलाई चुस्त र सदाचारयुक्त बनाउन प्रयास भइरहेको बताए । मन्त्रालयका सचिवसहितका पदाधिकारीको सहभागितामा भर्चुअल प्रणालीबाट…

Read More

काठमाडौँ- कञ्चनपुरको पूर्व–दक्षिण क्षेत्रमा पर्ने मोहना–लालझाडी करिडोरमा दुई डमरुसहित पाटे बाघ देखिन थालेपछि सो क्षेत्रमा मानवीय क्षति रोक्न वन कर्मचारी सक्रिय भएका छन् । एक सातायता कञ्चनपुरको पुनर्वास नगरपालिका–११ र धनगढी उपमहानगरपालिका–३ मा पर्ने करिडोर क्षेत्रमा स्थानीयवासीले डमरुसहित पाटे बाघ देखेपछि डिभिजन वन कार्यालय कञ्चनपुरले मानवीय क्षति हुन नदिन सक्रियता बढाएको हो । “यसअघि पनि सो क्षेत्रमा बाघ नदेखिएको होइन”, कुण्डा सव डिभिजन वन कार्यालयका सहायक वन अधिकृत दिनेशकुमार यादवले भने, “एक सातायता बाघ देखिन थालेपछि सो क्षेत्रका सामुदायिक वनका उपभोक्तालाई कर्मचारी खटाएर सचेत रहन भनिरहेका छौँं ।” मोहना–लालझाडी करिडोर भारतको दूधुवा नेशनल पार्क र कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसितसमेत जोडिएको…

Read More