Author: Nisha Shrestha

काठमाडौँ – संवैधानिक परिषद् (काम, कर्तव्य अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन विधेयक, २०७९ प्रतिनिधि सभा बैठकमा पेस गरिएको छ । प्रधानमन्त्रीको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आइतबारको प्रतिनिधिसभा बैठकमा उक्त विधेयक प्रस्तुत गरेकी हुन् । बैठकमा विधेयकमाथि सांसद् प्रेम सुवालले राखेको विरोधको सूचना बहुमतले अस्वीकृत गरेको थियो ।

Read More

धनगढी- बाजुरामा विद्यार्थीको चुनावमा लफडा भएको छ। आज (आइतवार) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको विषयलाई लिएर जिल्लाको बुढीनन्दा क्याम्पसमा लफडा भएको हो। प्रहरीका अनुसार विद्यार्थीहरुबीच झडप भएपछि त्यहाँ अहिले मतदान रोकिएको छ। नेकपा एमालेनिकट अनेरास्ववियु र नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रको वाम–लोकतान्त्रिक गठबन्धनका विद्यार्थीहरुबिच झडप भएको हो। स्ववियु निर्वाचन मतदानको क्रममा दुई पक्षबीच झडप हुँदा मतदान स्थगित भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक कविन्द्रसिंह बोहोराले जानकारी दिए। मतदानको क्रममा दुई पक्षबीच झडप भएपछि प्रहरीले भिड नियन्त्रण गर्नका लागि अश्रुग्यास प्रहार गरेको गरेको डीएसपी बोहोराले बताए। बोहोराले अहिले बैठक बसेर कतदान पुनः सुरु गराउन पहल भैरहेको जनाए। यस्तै झडपमा…

Read More

काठमाडौँ- नेकपा एकीकृत समाजवादी पार्टी नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संसदमा विश्वासको दिने निर्णय गरेको छ । पार्टी कार्यालयमा आज बसेको केन्द्रीय सचिवालयको बैठकले सो निर्णय गरेको पार्टीका महासचिव बेदुराम भुसालले बताए । एमाले र राप्रपाले सरकारबाट समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले भाली संसदमा विश्वासको मत लिँदैछन् । हिजो बसेको १० दलीय गठबन्धनले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने सहमति गरेको थियो । आज काँग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

Read More

काठमाडौँ – नेकपा एमालेका सांसद रघुजी पन्तले चितवनमा क्रिकेट स्टेडियम बनाउन आग्रह गरेका छन् । संसद्कै शून्य समयमा उनले धुर्मुस सुन्तलीले थालेको रङ्गशाला पूरा गर्न सरकाले आग्रह गरेका हुन् । उनले भने, ‘सरकारले विजेता टोलीलाई एक दुई लाख रुपैयाँ पुरस्कार घोषणा गरेर मात्र काम चल्दैन । त्यो चितवनको स्टेडियम त्यत्तिकै थन्किएर बसेको छ बेवारिसे भएर, त्यसलाई सरकारले तुरुन्त लिनु पर्‍यो र निर्माण सम्पन्न गर्नु पर्‍यो ।’ खेलाडीहरूसँग अपेक्षा गर्ने, जितेको बेलामा एक दुई लाख रुपैयाँ पुरस्कार घोषणा गर्ने र अघिपछि कानमा तेल हालेर बस्ने गरेको भन्दै उनले आपत्ति जनाए । पन्तले त्रिभुवन विश्वविद्यालयसँग समझदारी गरेर कीर्तिपुरको क्रिकेट स्टेडियमलाई विस्तार गर्न…

Read More

काठमाडौँ – जनयुद्धमा सहिद भएकाहरूको लिस्टको अद्यावधिक गरिने भएको छ । तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धमा सहिद भएकाहरूको लिस्टको अद्यावधिक गरिने भएको हो । सरकारले ८ हजार ३ सय ७१ जनाको नाम राजपत्रमा प्रकाशित गरे पनि कतिपय नाम छुटेपछि पुनः अद्यावधिक गर्न लागिएको हो । जनयुद्धमा सहिद भएका कतिपय जीवित भेटिएका र कतिपयको नाम छुटेकाले अद्यावधिक गर्न निर्देशन दिएको प्रधानमन्त्री सचिवालय स्रोतले बताएको छ । गृह मन्त्रालयमार्फत जिल्ला प्रशासन कार्यालयबाट सहिदका नामहरू सङ्कलन हुने जनाइएको छ भने नाम आएपछि राजपत्रमा पुनः प्रकाशित गरेर पुस्तकको रूपमा तयार गरिने स्रोतको भनाई छ । जनयुद्धमा सहिदको सम्मानका लागि राजपत्रमा प्रकाशित गरेर व्यवस्थित…

Read More

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने निर्णय गरेको छ। आइतबार बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए। प्रतिनिधिसभामा रास्वपाका १८ जना सांसद रहेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि संसद्‌बाट विश्वासको मत लिने कार्यक्रम छ।

Read More

काठमाडौं -सडकमा अचेत फेला परेका सशस्त्र प्रहरी बल, नेपालका निरीक्षक (इन्स्पेक्टर) को उपचारका क्रममा मृत्यु भएको छ। काठमाडौंको नागार्जुन बस्ने सशस्त्र प्रहरी प्रधान कार्यालय, हलचोक बैण्ड गुल्ममा कार्यरत इन्स्पेक्टर ४३ वर्षीय तीर्थ ढुंगेलको मृत्यु भएको हो। ढुंगेल शनिबार अपाराह्न ४:५० बजे भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-९ स्थित भाटभटेनी सुपरमार्केट राधेराधे नजिक प्राणजल फास्टफुड रेष्टुरेण्टमा गएका थिए। त्यहाँबाट फर्किने क्रममा आफैं सडकमा लडेर अचेत रहेको अवस्थामा स्थानीयले फेला पारेका थिए। स्थानीयले उनलाई दखेपछि बा २ ज २४५६ नम्बरको ट्याक्सी चढाएर एक जना महिला र अन्दाजी १२/१५ वर्षका किशोरले गरेर मध्यपुर अस्पताल पुर्‍याएका थिए। बेलुका ५:३० बजे सोही अस्पतालमा उपचारका क्रममा उनलाई चिकित्सकले…

Read More

काठमाडौँ –  नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सोमबार शपथ लिने भएका छन् । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले यादवलाई शपथ गराउने भएका हुन् । यादव गत चैत ३ गते उपराष्ट्रपतिमा निर्वाचित भएका थिए । निर्वाचन आयोगले आज दिउँसो ४ बजे उपराष्ट्रपति निर्वाचनबारेको प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने कार्यक्रम रहेको छ ।

Read More

काठमाडौं– इङवा हाइड्रोपावरको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिने आज अन्तिम दिन रहेको छ । यता आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि भने आईपीओमा २० चैतसम्मका लागि आवेदन दिने म्याद थप गरिएको छ । उक्त आईपीओमा मागभन्दा बढी आवेदन परेमा समयअगावै निष्कासन तथा बिक्री बन्द गरिने कम्पनीले जनाएको छ। उक्त हाइड्रोपावरले २९ फागुनमा दुई चरण गरेर आईपीओ निष्काशित गरेको थियो । पहिलो चरणमा हाइड्रोपावरले स्थानीय बासिन्दाका लागि आफ्नो जारी पुँजीको ६० करोड रुपैयाँको १० प्रतिशत अर्थात ६ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्न लागेको हो । कम्पनीले १०० रुपैयाँअंकित मूल्यमा ६ लाख कित्ता सेयर निष्कासन गरेको हो । स्थानीय बासिन्दाले…

Read More

काठमाडौँ– आइतबार सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । आज एकैदिन तोलाको २ हजार ९ सय रुपैयाँले बढेर सुनको भाउ एक लाख १० हजार रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। शुक्रबार प्रतितोला एक लाख ७ हजार १०० रुपैयाँमा सुनको खरिद बिक्री भएको थियो । सुनको भाउ अझै बढ्ने अनुमान छ । अन्तर्राष्ट्रिय बजारमा बढ्दो अस्थिरता, बेरोजगारीलगायतका कारण सुनको भाउ बढेको हो । आज चाँदीको भाउ पनि बढेको छ । तोलामा ३५ रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Read More