Author: Nisha Shrestha

काठमाडौं – सर्वोच्च अदालतले डा. तोसिमा कार्कीको उम्मेदपारी रद्द गर्ने निर्वाचन आयोगको निर्णय कार्यान्वन नगर्न अन्तरिम आदेश दिएको छ। ललितपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभामा उम्मेदवारी दिएकी कार्कीको उम्मेदवारी शनिबार आयोगले लाभको पद लिएको भन्दै खारेज गरेको थियो। उक्त निर्णयविरुद्ध सर्वोच्चमा दिएको रिटको सुनुवाइ गर्दै न्यायाधीश कुमार चुडालको एकल इजलासले उम्मेदवारी कायम गर्न अन्तरिम आदेश दिएको हो।

Read More

काठमाडौं – कार्टुनिष्ट क्लब नेपालले नागरिक दैनिकमा प्रकाशन भएको कार्टुनका सन्दर्भमा प्रेस काउन्सिल नेपालको २४ घण्टे स्पष्टिकरणप्रति असहमति जनाउदै अवज्ञा गर्ने जनाएको छ । नेपाल पत्रकार महासंघका महासचिव रोसन पुरीको नेतृत्वमा गएको कार्टुनिष्ट क्लब नेपालका प्रतिनिधिमण्डलले प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतलाई मंगलबार भेटेर काउन्सिलको निर्णय सच्याउन माग गरेको छ । नेपाल कार्टुनिष्ट क्लबका अध्यक्ष बासु क्षितिजले व्यंग्य प्रर्दशन गर्नु नै कार्टुनको उदेश्य रहेको बताउनुभयो । उहाँले कार्टुन पनि पत्रकारिताको अभिन्न अंग रहेको भन्दै काउन्सिलको स्पष्टिकरणले पत्रकारितालाई निरुत्साहन गर्ने बताउनुभयो । भेटमा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारिताको उत्कृष्ट विधा कार्टुनलाई रोक्ने मनसाय नरहेको बताउनुभयो । उहाँले काउन्सिल सदैब…

Read More

काठमाडौं – अभिनेत्री श्वेता खड्काले छारीलाई जन्म दिएकी छन् । आज ग्रान्डी सिटी अस्पतालमा उनले पहिलो सन्तानका रुपमा छोरीलाई जन्म दिएकी हुन् । दुई वर्षअघि धनगढीका विजयेन्द्र सिंहसँग धुमधामसँग प्रेम विवाह गरेकी उनले केही दिन अघिमात्रै आफ्नो गर्भावस्थाको फोटो सुट गरेकी थिइन् ।

Read More

काठमाडौँ – नेकपा (एमाले)ले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । मंगलबार दिउँसो काठमाडौँको याक एण्ड यति होटेलमा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीको घोषणा प्रविधिबाट सार्वजनिक गरेका हुन् । घोषणापत्रमा पार्टीले अघि सारेको ‘समृद्ध नेपाल: सुखी नेपाली’को राष्ट्रिय सङ्कल्पलाई निरन्तरता दिइएको छ । करिब २० हजार शब्द रहेको घोषणा पत्रमा मुलुकको समृद्धिका लागि राष्ट्रिय अर्थतन्त्रको निर्माणमा जोड दिइएको छ । घोषणा पत्रमा सूर्य चिन्हमा किन मतदान गर्ने भन्ने कुरालाई प्रस्ट्याउने प्रयास गरिएको बताइएको छ । घोषणापत्र सार्वजनिक भएसँगै ‘ओलीसँग लाइभ डिबेट’ पनि यहीँबाट सुरु हुने एमालेले जनाएको छ । सत्तारुढ गठबन्धनमा आबद्ध…

Read More

काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओलीले देश बनाउने भिजन आफ्नो पार्टीसँग मात्र रहेको बताएका छन् । चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा लाइभ डिबेटमा उनले अघिल्लो निर्वाचनमा एमालेलाई बहुमत नदिएकाले सरकार स्थिर नभएको उनले दाबी गरे । ‘हामीसँग १२१ सिट उपलब्ध थियो । बहुमत थिएन । सरकार गठन गर्न १३८ सिट चाहिन्थ्यो । सरकार बनाउन अर्को पार्टी चाहिन्थ्यो । फागुन ३ गतेसम्म सरकार बन्न दिइएन । निर्वाचन आयोगबाट परिणाम राष्ट्रपति कार्यालय पुग्न अढाई महिना लाग्यो । अर्को पार्टीसँग एकता गरेर बहुमत पुर्‍याऔं । तर त्यो टिकाउ भएन । जनताका काम गर्न व्यवधान कसले गरेको छ ? सबैले थाहा पाएका छन्,’ ओलीले भने । ओलीले एमाले फोड्न मध्यरातिसम्म…

Read More

काठमाडाैं – भारतले निर्वाचन प्रयोजनको लागि हालसम्म २ हजार ४ सयभन्दा बढी सवारीसाधन नेपाललाई उपहारस्वरुप उपलब्ध गराएको पाइएको छ । नेपाल सरकारको अनुरोधमा भारतले २०४६ सालयता सम्पन्न भएका निर्वाचनमा उक्त संख्यामा सवारीसाधन नेपाललाई उपलब्ध गरेको हो । भारतले आज मात्र मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि भनेर २०० वटा सवारीसाधन उपहारस्वरुप नेपाललाई उपलब्ध गरेको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज आयोजित एक समारोहबीच अर्थमन्त्री जनार्दन शर्मालाई भारत सरकारको तर्फबाट २०० वटा सवारीसाधन उपहारस्वरुप प्रदान गरेका हुन् । यी सवारीसाधनले नेपालका विभिन्न संस्थालाई आसन्न निर्वाचनका लागि आवश्यक प्रबन्धलाई थप व्यवस्थित गर्न सघाउ पुर्याउने…

Read More

काठमाडौं– प्रमुख प्रतिपक्षी दल एमालेले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार एमाले अध्यक्ष केपी ओलीले दरबारमार्गस्थित होटल याक एन्ड यतीमा आयोजित विशेष समारोहमा चुनावी घोषणापत्र डिजिटल रूपमा सार्वजनिक गरेका हुन् । घोषणापत्रमा २० हजार शब्द रहेका छन् । जसमा अध्यक्ष ओलीले ६ वटा प्रश्न सर्वसाधारणलाई सोधेका छन् भने पार्टीको चुनाव चिन्हमा किन भोट हाल्ने, अरुलाई किन नहाल्ने भन्ने प्रस्ट्याउन खोजिएको छ । घोषणापत्रमा सुशासन, विकास, समृद्धि र स्वाधीनता चार संकल्प व्यक्त गरिएको छ । घोषणापत्र सार्वजनिक कार्यक्रममा उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, विष्णु रिमाललगायतकाे उपस्थिति रहेको थियाे।

Read More

काठमाडौँ – रुपन्देहीको क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसालले नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबिच बनेको चुनावी गठबन्धन केपी ओलीलाई जिताउन मात्रै बनेको दाबी गरेका छन् । नेता भुसालले भने, ‘अन्य गठबन्धनलाई अपवित्र भन्ने केपी ओलीले राप्रपासँग गरेको गठबन्धन बरु अपवित्र हो, झापा क्षेत्र नम्बर ५ चुनाव हार्ने डरले ओलीले राप्रपासँग गठबन्धन गरेका हुन् ।’ एमालेलाई चाहिएर नभई झापामा आफू सुरक्षित ओलीले राप्रपाको सहारा लिएको उनको भनाइ छ । ओलीले संविधान च्यात्ने कोसिस गर्दा विरोधमा उभिएका सबै शक्ति पवित्र र संविधानको रक्षा गर्ने गठबन्धनका रूपमा स्थापित भएको उनको तर्क छ । रुपन्देहीको देवदह १०…

Read More

कञ्चनपुर – नेपाली कांग्रेसका नेता तथा कञ्चनपुर–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार एनपी साउदले चुनाव जितेर जिम्मेवारी पूरा गर्न नसके ५ वर्षपछि जनताले गर्ने निर्णय स्वीकार्य हुने बताएका छन्। कञ्चनपुर क्षेत्र नम्बर २ मा पर्ने शुक्लाफाँटा नगरपालिका–३ जोनापुरमा आयोजित सत्ता गठबन्धनको संयुक्त चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले जितेर पनि जिम्मेवारी पूरा गर्न नसके ५ वर्षपछि जनताले गर्ने निर्णय स्वीकार्य हुने बताएका हुन्। नेता साउदले आफूले चुनाव जितिसकेपछि क्षेत्र नम्बर २ का जनताले विकासको चिन्ता गर्नु नै नपर्नेसमेत जिकिर गरे । ‘तपाईंहरुले एकचोटी जिताइसकेपछि विकासका बारेमा थप चिन्ता, फरक चिन्ता लिनुपर्ने छैन। तपाईहरुले तपाईंको चिन्ता मलाई सुम्पिनुभो,’ उनले भने, ‘त्यसपछि मैले आफ्नो…

Read More

काठमाडौँ – नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) ले नयाँ लाइसेन्सकाे सबै प्रकृया राेकेकाे छ । बोर्डले ब्रोकर लाईसेन्स, कमोडिटी एक्सचेञ्जकाे लाईसेन्स र नयाँ स्टक एक्सचेन्जको लाईसेन्स सम्बन्धी सम्पूर्ण प्रक्रिया स्थगित गरेको छ । सर्वोच्च अदालतको आदेश अनुसार बोर्डले सम्पूर्ण प्रक्रिया यथास्थितिमा राख्ने निर्णय गरेको हो । अब सर्वोच्चबाट अर्को आदेश नआएसम्म स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाईसेन्सको लागि कुनै पनि आवेदन नलिने बोर्डले जनाएकाे छ । कार्तिक ४ गते शुक्रबार सर्वोच्चका न्यायधिश तिलप्रसाद श्रेष्ठको एकल इजलाशले कारण देखाउ आदेश जारी गर्दै लाइसेन्स वितरणको कार्य तत्काल अगाडी नबढाउन आदेश दिएको थियो।

Read More