धनगढी : दार्चुलाको शैल्यशिखर नगरपालिकामा कार्यरत इन्जिनियर योगेशसिंह धामीको समूहले सहलेखापाल विजयकुमार विष्टलाई धम्क्याएर मध्यराति चेक काट्न लगाएको घटना बाहिरिएसंगै वडाध्यक्षले पनि ज्यान मार्ने धम्की दिएका छन्।
नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष जनकसिंह डागाले पनि सहलेखापाल विष्टलाई ज्यान मार्ने धम्की दिएका हुन्।वडाध्यक्ष डागाले प्रक्रिया नपुगेको बिलमा भुक्तानी दिनका लागि दबाब दिँदै आफूलाई ज्यान मार्ने धम्की दिएको विष्टले बताए।
‘लेखा शाखामै आएर वडाध्यक्षले मलाई बिल भुक्तानी किन नगरेको भन्दै धक्कामुक्की गरे। भनेको नमान्ने भए काम गर्न नआउनू भनेका छन्। लेखामा आएर काम गरेको देखेमा तँलाई मार्छु भनेर धम्क्याएपछि म कार्यालयबाट निस्किए’, सहायक लेखापाल विष्टले भने।
यहीँ माघ १० गते नमस्कार निर्माण सेवा प्रालिले नगरपालिका अन्तर्गत वडा नम्बर ९ मा रहेको गोकुलेश्वर कृषि भवनको जग्गा सफाइ सम्पन्न भएको भन्दै भुक्तानीका लागि निवेदन दिएको थियो। सोही निवेदनमा तोक लगाएर प्रमुख प्रशासकीय अधिकृत पुस्करसिंह धामीले भुक्तानीका लागि लेखा शाखामा पठाएका थिए।
सहायक लेखापाल विष्टले सोही पत्रमा प्रक्रिया नपुगेका कारण भुक्तानी दिन नसकिने भन्दै फिर्ता पठाएका थिए। सोही विषयलाई लिएर वडाध्यक्ष डागाले सहायक लेखापाललाई धम्क्याएका हुन्। यता वडाध्यक्ष डागाले भने सामान्य विवाद भएको बताएका छन्। ञमैले धम्की दिएको छैन, भुक्तानी नरोक्न भनेको हुँ, विष्टले अटेरी गरे,झवडाध्यक्ष डागाले भने।
नगरपालिकामा कार्यरत इन्जिनियर योगेशसिंह धामी र सव-इन्जिनियर सुनिल रावलसहितको समूहले मध्य राति लेखापाल विष्टको घरमा गएर धम्क्याएको घटना महेन्द्रनगरपोष्टले पहिलोपटक खुलासा गरेको हो।
र, यो पनिः दार्चुलामा इन्जिनियरको ग्याङ मध्यराति लेखापालको घरभित्र घुसेपछि…