काठमाडौं : भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई गाडीबाट निकालेर प्रदर्शनकारीले गाडीमा आगो लगाएको खुलेको छ।
आफूलाई निकालेर गाडीमा आगो लगाइएको मन्त्री ज्वालाले बताएका हुन्।
उनले आफूसहित दुईजना पिएसओ र चालक सकुशल निस्किए पनि मन्त्रालयका कागजात जलाएको बताए।
‘म बालकुमारीबाट सातदोबाटोतर्फ जाँदै थिए। हतारमा पनि थिएँ। बीचमा इपिएसवालाको लफडा चलिरहेको रहेछ। मलाइ थाहा थिएन। उनीहरू आन्दोलन गरिरहेका थिए। प्रहरीसँग पनि तनाबकै अवस्था रहेछ। हाम्रो गाडीलाई बीचमा पारिहाले। निशानामा हामी पर्यौं,’ उनले भने।
रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षाको विषयलाई लिएर आन्दोलनमा उत्रिएका प्रदर्शनकारीले शुक्रबार मध्याह्न ललितपुरको बालकुमारीमा मन्त्री ज्वाला चढेको बा २ झ ५८६१ नम्बरको गाडी जलाइदिएका हुन्।
Facebook Comments Box