दार्चुला : दार्चुलाको व्यासँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बमको सरुवा भएको छ । उनको महेन्द्रनगर स्थित भिमदत्त नगरपालिकामा सरुवा भएकोे हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बमलाइ भिमदत्त नगरपालिकामा सरुवा गरेको जनाएको छ । गत बैशाखमा मात्रै व्यासँ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा हाजिर भएका बमको ८ महिनामै व्यासँ गाउँपालिकाबाट सरुवा गरेको छ ।
यस अघि लिखु गाउँपालिका नुवाकोट जिल्लामा कार्यरत रहेका बमलाई संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दार्चुलाको व्यासँ गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतको रुपमा खटाएको थियो । सरुवा भएर गएका बमले विदाई कार्यक्रममा बोल्दै मन्त्रालयले दिएको जिम्मेवारी आफूले कुशलतापूर्वक विताएको प्रतिक्रिया दिएका छन ।
बमको भिमदत्त नगरपालिकामा सरुवा भएसंगै दार्चुलाको व्यासँ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत विहिन भएको छ । तत्कालका लागि गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत विहिन भएको गाउँपालिका उपाध्यक्ष विनोद कुवरले जानकारी दिफ ।
शुक्रबार नै सरुवा भएर गएका बमलाई गाउँपालिकाले विदाई समेत गरेको छ । गाउँपालिका अध्यक्ष मंगल सिह धामी सहितको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत बमको विदाई गरिएको उनले बताए ।