धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका–१८ मा सुदूरपश्चिम लोक सांस्कृतिक फूलवारी मेला तथा प्रादेशिक सम्मानित खुल्ला डेउडा प्रतियोगिता सञ्चालन हुने भएको छ।
डेउडा तथा लोक संस्कृतिको संरक्षणका लागि भुँवा पर्वको अवसरमा सुदूरपश्चिम लोक सांस्कृतिक समाज फूलावारीको आयोजनामा पुस २५ देखि प्रतियोगिता आयोजना हुने शुक्रवार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले जानकारी गराएको हो। उक्त मेला तथा प्रतियोगिता २९ गतेसम्म सञ्चालन हुने छ।
प्रतियोगितामा भाग लिन शुक्रवारदेखि आवेदन खुल्ला गरिएको समाजका अध्यक्ष तिलक बहादुर ओलीले बताए। प्रतियोगितामा सहभागि हुन चाहने समुहले एक हजार शुल्क तिर्नुपर्ने आयोजकले जनाएको छ।
प्रतियोगितामा प्रथम हुनेलाई ४० हजार, दोस्रोलाई २५ र तेस्रो १० हजार पुरस्कार राशी प्रदान गर्ने आयोजकले जनाएको छ। उक्त प्रतियोगिता तथा महोत्सवमा निशूल्क प्रवेश रहेको जनाइएको छ।