काठमाडौं : वैदेशिक रोजगार विभागले कोरियाको उत्पादनमूलक क्षेत्रको रोजगारीका लागि पुनः आवेदन खुला गरेको छ । तर, पुस १६ देखि १८ गतेसम्म आवेदन दिन पाइने यो परीक्षामा जहाज निर्माण (सीप बिल्डिङ) कम्पनीमा सहभागीहरूले मात्र सहभागिता जनाउन पाउने विभागले सीमा तोकेको छ ।
विभागद्वारा जारी सूचनामा भनिएको छ, ‘सन् २०२३ मा सीप बिल्डिङ सेक्टरमा फाराम भरेका आवेदकहरूले मात्र फारम भर्न सक्नेछन् । सो भन्दा बाहेकका व्यक्तिले फारम भर्न पाइने छैन । यदि भरेको खण्डमा स्वतः रद्द हुनेछ ।’
यसअघि ईपीएस कोरिया शाखाले मंसिर १९ गते सूचना प्रकाशित गरेर कोरियाको उत्पादनमूलक क्षेत्रको रोजगारीका लागि दरखास्त आह्वान गरेको थियो । तर, त्यसमा जहाज निर्माण कम्पनीतर्फ परीक्षा दिएकाहरुले सहभागी हुन नपाउने विभागले बताएको थियो ।
Facebook Comments Box