धनगढी : प्रधानमन्त्री कप राष्ट्रिय कृकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेश स्तरीय छनोटमा दोश्रो चरणको पहिलो खेलमा कंचनपुरले विजयी शुरूवात गरेको छ ।
अत्यन्तै प्रतिस्पर्धात्मक भएको खेलमा कंचनपुर १ विकेटले विजयी भएको हो ।
कैलालीले दिएको १८६ रनको लक्ष्य पछ्याएको कंचनपुरले निर्धारित ओभरको एक बल अगाबै अर्थात ३४.५ ओभरमा लक्ष्य पूरा गर्यो । कंचनपुरका लागि प्रकाश पाण्डेयले उत्कृष्ट अर्धशतक प्रहार गर्ने ६९ बलको सामना गरेका पाण्डेयले ७ चौकाको मद्दतले ५० रन बनाए । त्यस्तै किरण कुमार ठगुन्नाले पनि उत्कृष्ट पारी खेले ।
३८ बल सामना गरेका ठगुन्नाले १ चौका र ३ छक्काको मद्दतले ४२ रन जोडे । कंचनपुरका लागि कप्तान अभिषेक थापाले ८,राहुल चन्दले ० , सुशील खड्का १८,गणेश बिटालु १०,दिपक चन्द ३,किरन चन्द २१, बिकास आग्री १८ ,भरत चन्द १ र महेश बिस्टले २ रन बनाए । कैलालीका लागि डम्बर मोजाहिले २ विकेटले लिए । त्यस्तै कप्तान नारायण जोशी,नरेन साउँद,धर्म जोशी,डबल ऐर,बसन्त कार्की र शुसान्त कार्किले समान १/१ विकेट प्राप्त गरे ।
यसअधि धनगढीको फाप्ला कृकेट मैदानमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको कैलालीले उत्कृष्ट शुरूवात गरेको थियो । कैलालीका लागि ओपनर ब्याट्सम्यान अभिषेक पाल र टेक रावतका बिच ६२ रनको शाझेदारी भएको थियो । कैलाली लागि अभिषेक पालले ३६ बलको सामना गर्दै ५ चौका र १ छक्काको मद्दतले ३५ रन बनाए भने टेक रावतले ५६ बलको सामना गर्दै ४ चौकाको मद्दतले ४१ रन बनाए ।
मजबुत स्थितिबाट अगाडि बढेको कैलालीको टोलीलाई सस्तैमा समेट्न कंचनपुरका लागि विकास आग्री र दिपक चन्दले समान ४/४ विकेट लिए । ६.१ ओभर बलिङ गरेका आग्रीले २६ रन खर्चिदै ४ तथा ७ ओभर बलिङ गरेका चन्दले ३९ रन खर्चेर ४ विकेट लिए । भरत चन्दको नामना १ विकेट रहँदा अन्य बलरले भने विकेट किन सकेनन् ।
मध्यक्रमका ब्याट्सम्यान शुशान्त कार्की ३४ रनको पारी खेले । ३२.१ ओभरमा अल आउट भएको कैलालीका लागि आयुब चन्द गोल्डेन डकआउट भए । त्यसैगरी बिजय राना ९,वसन्त कार्की १८,कप्तान नारायण जोशी ०,डबल ऐर ४,नरेन साउँद ८,डम्बर मोजाई ० र धर्म जोशिले २ रन बनाए ।
खेलका म्यान अफ दि म्याच कंचनपुरका बिकास आग्री घोषित भए । बलिङ तर्फ ४ विकेट लिएका आग्रीले ब्याटिङ पनि उत्कृष्ट गरे उनले १० बलको सामना गर्दै २ छक्काको मद्दतले १८ रन बनाएर अविजित रहे ।
यस अघि धनगढीको फाप्ला कृकेट मैदानमा एक औपचारिक कार्यक्रमका बीच सुदूरपश्चिम प्रादेशिक खेलकुद परिषदका सदस्य सचीव दिपक सिंहले प्रतियोगिताको उद्घाटन गरेका हुन् ।
सुदूरपश्चिम प्रादेशिक कृकेट संघको आयोजनामा शुरु भएको प्रधानमन्त्री कप राष्ट्रिय कृकेट प्रतियोगिताको छनोट खेलमा बैतडी,बझाङ्ग,अछाम,कैलाली र कंचनपुर गरि ५ टोली सहभागी छन् ।