महेन्द्रनगर : कञ्चनपुरको महेन्द्रनगरमा जारी आठौं जिल्ला स्तरीय ‘इन्टरनेशनल कप’ फुटबल प्रतियोगिताको उपाधी रौलेश्वर मावि बेल्डाँडीले जितेको छ ।
शनिबार महेन्द्रनगरस्थित खुलामञ्चमा भएको फाइनल खेलमा आयोजक इन्टरनेशनल पब्लिक स्कूललाई २–१ गोलले पछि पार्र्दै रौलेश्वरी माविले उपाधी जितेको हो ।
उपाधी जतेसंगै रौलेश्वरी मावि रु ५० हजार पुरस्कारसहित पुरस्कृत भएको छ । समापन समारोहमा कञ्चनपुर जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहराले उपाधी बिजेता टिमलाई नगद, ट्रफी, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरे ।
उनले खेलकुद स्वास्थ्यका लागि मात्रै नभई इज्जत र अवसर रहेकाले खेलाडीहरुले अनुशासनलाई समेत ख्याल गरेर खेल जीवनमा अग्रसर हुनुपर्नेमा जोड दिए । त्यसैगरी प्रतियोगितामा दोस्रो स्थान हात परेको इन्टरनेशनल पब्लिक स्कूल रु २५ हजार नगद, ट्रफीसहित पुरस्कृत भएको छ ।
जिल्लाका कुल १२ वटा विद्यालयका टिम सहभागी रहेको प्रतियोगितामा आयोजक इन्टरनेशनलका सन्दीप थापा मगर उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
प्रतियोगिता समापन समारोहमा भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखक जोशी, इन्टर नेशनल पब्लिक स्कूलका अध्यक्ष एवं बरिष्ठ समाजसेवी लिलाध्वज बस्नेत, इन्टरनेशनल पब्लिक स्कूल सञ्चालक समितिका अध्यक्ष गौराजबहादुर लिम्बू, जिल्ला ट्राफिक कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी निरीक्षक नरेश विक, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हर्ष बहादुर चन्द र फुटबल प्रशिक्षक पुष्कर शाही लगायतको सहभागिता रहेको थियो ।