काठमाडाैं: भारतको सिक्किममा एक जना नेपाली महिला युट्युबर पक्राउ परेकी छन् ।
सामाजिक सञ्जाल युट्युबमा साम्प्रदायिक हिंसा भड्काउने खालको भिडियो पोष्ट गरेको आरोपमा ती महिलालाई पक्राउ गरिएको बताइएको छ ।
खोटङकी उमा चाम्लिङ राईले गम्भीर खालको भिडियो पोष्ट गरेलगत्तै प्रहरीले नियन्त्रणमा लिएको हो । उनलाई केही दिन हिरासतमा राखेर थप अनुसन्धान गरिने बताइएको छ ।
Facebook Comments Box