धनगढी : प्रधानमन्त्री कप राष्ट्रिय कृकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेश स्तरीय छनोटमा दोश्रो चरणमा अछाम विरुद्ध कैलालीले सहज जीत निकालेको छ।
अछामले दिएको १०१ को झिनो लक्ष्य कैलालीले १६ ओभरमै पूरा गर्यो। कैलालीका लागि ओपनर ब्याट्सम्यान अभिषेक पाल र टेक रावतले ८९ रनको साझेदारी गरेपछि कैलालीले सहज जित निकालेको हो।
कैलालीका टेक रावतले केबल ३६ बल सामना गर्दै १२ चौका र १ छक्काको मद्दतले ६५ रनको आक्रामक पारी खेले। अभिषेक पालले ३६ बलमा ३ चौकाको मद्दतले १९ रन बनाए।
विजय राना ५ रनमा आउट हुँदा संदिप बिस्ट ३ र वसन्त सिंह कार्की १० रनमा अविजित रहे। अछामका लागि रोहित खड्का,अभिषेक चौधरी र युवराज खत्रीले १र१ विकेट लिए।
यसअघि फाप्ला खेल मैदानमा टस जित्दै अछामले पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो। अछामका लागि तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका हिमाल कुवँर बाहेक अन्य ब्याट्सम्यानले सम्झनलायक प्रदर्शन गर्न सकेनन। ३२.१ ओभर ब्याटिङ गरेको अछामले अलआउट हुँदै १०० मात्र जोड्न सक्यो। अछामका लागि हिमाल कुँवरले ८४ बलको सामना गर्दै ३ चौकाको मद्दतले ३४ रन बनाए।
ओपनर ब्याट्सम्यान राज विश्वकर्माले मात्र ६ रन जोडे। अर्का ओपनर सिद्धार्थ साउँद ० रनमै पवेलियन फर्किए। सुरज तिरुवा २०,युवराज खत्री १०,टिपक टमाट्टा १, कप्तान राजु रिजाल ५ ,महाजन कुँवर ३,बिक्रम थापा २ , अभिषेक चौधरी १ र रोहित खड्का ० रनमा अविजित रहे।
अछामलाई सस्तैमा समेट्न कैलालीका पारस सुनारले ३ विकेट चट्काए। त्यस्तै नरेन साउँदले पनि उत्कृष्ट बलिङ गर्दै १ विकेट लिए।९ ओभर बकिङ गरेका नरेन साउँदले २ मेडन राख्दै २१ रन खचेर १ विकेट लिएका हुन।
कैलालीका लागि वसन्त सिंह कार्की र धर्म जोशिले पनि उत्कृष्ट बलिङ गर्दै २र२ विकेट किए। कप्तान नारायण जोशी र डम्बर माझीको नामना १/१ विकेट रह्यो।
६५ रनको आक्रामक पारी खेलेका कैलालीका टेक रावत म्यान अफ दी म्याच चुनिए। जारी छनोट प्रतियोगिता कैलालीको यो पहिलो जित हो उसले हिजो कंचनपुरसँग १ विकेटको हार ब्यहोरेक थियो भने अछाम पहिलो खेलमा पराजित हुँदै अंक तालीकाको पुछारमा छ।
सुदूरपश्चिम प्रादेशिक कृकेट संघको आयोजनामा शुरु भएको प्रधानमन्त्री कप राष्ट्रिय कृकेट प्रतियोगिताको छनोट खेलमा बैतडी,बझाङ्ग,अछाम,कैलाली र कंचनपुर गरि ५ टोली सहभागी छन्।