काठमाडौं: ललितपुरस्थित बालकुमारीमा घटेको घटनाका पीडित परिवारलाई नगद सहयोग गरिएको छ।
मुन्नी सलोनका मालिकसमेत रहेका व्यवसायी मुन्नी ठाकुरले मृतकका परिवारलाई सहयोग गरेका हुन्।
उनले प्रहरीको गोलीबाट ज्यान गुमाएका दैलेखका सुजन रावतको परिवारलाई १ लाख नगद सहयोग गरेको जानकारी दिए।
उनले सो रकम पीडित परिवारलाई हस्तान्तरण गरेको र परिवारले बुझिसकेको बताइएको छ।
Facebook Comments Box