डडेल्धुरा : नेपाल विद्यार्थी संघ डडेल्धुराले ४८औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाएको छ।
मेलमिलाप दिवसको अवसरमा नेविसंघ डडेल्धुराले सोमबार निर्माण व्यवसायी संघको हलमा वर्तमान परिवेश र राष्ट्रिय मेलमिलाप विषयक विचार गोष्ठी पनि गरेको हो।
कार्यक्रममा जिल्लास्थित अन्य राजनीतिक दलका नेताहरूलाई पनि आमन्त्रण गरिएको थियो। कार्यक्रममा नेविसंघ डडेल्धुराका अध्यक्ष पवन ऐरले सदैव एकआपसमा मेलमिलाप हुनु पर्ने बताए।
उनले विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका कर्मचारी डडेल्धुरा कर्मभूमी बनाएर आउने र भ्रष्टाचारमा लिप्त हुने गरेको आरोप लगाए।
जिल्लामा हुने भ्रष्टाचार रोक्न जिल्लास्थित सबै राजनीतिक दलले एक हुनु पर्नेमा उनले जोड दिए।
कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइरालालगायतका नेताहरु भारतमा लामो निर्वासन अन्त्य गरी २०३३ सालमा स्वदेश फर्किएको दिनको सम्झनामा हरेक पुस १६ गतेलाई राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रुपमा काग्रेसले मनाउँदै आएको छ।