काठमाडौं : सुर्खेतको वीरेन्द्रनगरमा जारी ३४ औं राष्ट्रिय भलिबल प्रतियोगितामा सुदूरपश्चिम प्रदेशसँग कर्णाली पराजित भएको छ।
सोमबार भएको सुदूरपश्चिम र कर्णालीको खेलमा सुदुरपश्चिमले कर्णालीलाई पराजित गरेको हो।
सुदूरपश्चिमले पहिलो सेट २५–२१ ले जित हात पार्दा दोस्रो सेट भने कर्णालीले २५–२१ ले नै खेल आफ्नो पक्षमा फर्काएको थियो।
त्यसपछिका दुई सेट सुदूरपश्चिमले २५–१८ र २५–२३ ले नतिजा हात पारेको थियो। यसअघि भएको खेलमा सुदूरपश्चिम आर्मी र गण्डकी प्रदेशसँग पराजित भएको थियो।
आजै भएको अर्को खेलमा लुम्बिनीले कोशी प्रदेशलाई ३-१ को सेटमा पराजित गरेको हो।
तीनवटै विभागीय टोली आर्मी, नेपाल प्रहरी, साबिक विजेता एपीएफ तथा गण्डकीले प्रतियोगितामा समान २ खेल जितेका छन्।
अहिले विभागीय टोली एपीएफ र पुलिस तथा अन्तिम खेल आर्मी र गण्डकीबीच हुनेछ।
Facebook Comments Box