धनगढी : गृह मन्त्रालयले १६ जना प्रहरी नायब महानिरीक्षक (डिआईजी)हरुको सरुवा गरेको छ । सरुवामा सातवटै प्रदेश प्रहरी प्रमुख हेरफेर भएका छन् ।
स्रोतका अनुसार कोशी प्रदेशमा डिआईजी चन्द्रकुवेर खापुगं, मधेस प्रदेशमा यज्ञविनोद पोखरेल, बागमतिमा विष्णुकुमार केसी, गण्डकीमा विकासराज खनाल, लुम्बिनीमा कुवेर कडायत, कर्णालीमा लालमणि आचार्य र सुदूरपश्चिममा रविन्द्र केसीको सरुवा भएको छ ।
यस्तै भरतपुर तालिम केन्द्रका डिआईजी सुरेन्द्र मैनालीको सरुवा भएको छ ।
Facebook Comments Box