काठमाडौं : चार वर्षको खोजीपछि पक्राउ परे का ‘तपस्वी’ रामबहादुर बम्जनले जंगलमा लुकेर बसेको जानकारी दिएका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई हिजो (मंगलबार) पक्राउ गरेको थियो।
मंगलबार बुढानीलकण्ठ स्थित हात्तीगौँडाबाट पक्राउ गरेपछि प्रहरीले उनलाई कहाँ बस्नुभएको थियो ? भनेर सोधेको प्रश्नमा बम्जनले प्रहरी अधिकृहरुसँग भनेका छन्, ‘जंगलमा थिएँ।’
१५ दिनअघि काठमाडौँ आएका बम्जन पाँच दिनअघि परिवार भेट्न भनेर हात्तीगौँडा गएका थिए।
प्रहरीसँगको बयानमा उनले भारतस्थित सिक्कीमको जंगल, रामेछाप, मकवानपुर र सिन्धुलीको जंगलमा बसेको अनुसन्धान अधिकृतहरूलाई बताएका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले २०७६ माघ २४ मा बम्जनलाई पक्राउ गर्न ७७ वटै जिल्ला प्रहरी कार्यालयमा पत्राचार गरेको थियो। तर, बम्जन प्रहरीलाई छक्क्याएर लुक्न सफल हुँदै आएका थिए।
Facebook Comments Box