दार्चुला : शुक्रबार बिहान दार्चुलामा भएको बस दुर्घटनामा १६ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा घाइते भएकामध्ये दुइजनाको अवस्था गम्भीर रहेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ। दार्चुलाको दुहुँ गाउँपालिका–५ बस्ने ५२ वर्षीय दिलबहादुर बम र व्यास गाउँपालिका–४ बस्ने ५४ वर्षीय परमानन्द भट्ट गम्भीर घाइते भएका हुन्। अन्य १४ जना घाइतेको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ।
महेन्द्रनगरतर्फ गइरहेकाे सुपप्र०२ ००१ ख १०३१ नम्बरको दिवा बस दार्चुलाको महाकाली नगरपालिका ५ खेतेबगर भन्ने ठाउँमा दुर्घटना भएको थियो।
अन्य १४ घाइते:
१) बैतडीको पाटन नगरपालिका–१० खोड्पे बस्ने १७ वर्षको लक्ष्मण महरा
२) बैतडीको दशरथचन्द नगरपालिका–४ खलंगा बस्ने २४ वर्षीय प्रशान्त पौडेल
३) दुहुँ गाउँपालिका– ५ बस्ने २३ वर्षीया कमला बम
४) कमला बमको ४ वर्षीय छोरा हिमान्सु बम
५) महाकाली नगरपालिका–५ बस्ने ६० वर्षीया पशुपति टमटा
६) अपिहिमाल गाउँपालिका–३ खण्डेश्वरी बस्ने १७ वर्षीय भरत धामी
७) महाकाली नगरपालिका– ५ बस्ने १९ वर्षीया निरुता ओड
८) महाकाली नगरपालिका– १ बस्ने ३१ वर्षीय लालसिंह कार्की
९) बैतडीको मेलौली नगरपालिका–६ बस्ने २८ वर्षीय तारादत्त ओझा
१०) कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणी बस्ने ३६ वर्षको महेश भट्ट(चालक)
११) मार्मा गाउँपालिका–६ बस्ने ४० वर्षीय नरेन्द्र धामी
१२) दुहुँ गाउँपालिका–३ बस्ने ३५ वर्षीय भरतसिंह कार्की
१३) शुक्लाफाँटा नगरपालिका– १० झलारी बस्ने २५ वर्षीय जनक ठगुन्ना
१४) शुक्लाफाँटा नगरपालिका–१० बस्ने २४ वर्षीय भुवन ठगुन्ना