काठमाडौं : पश्चिमी वायुको सामान्य प्रभाव रहँदा आज देशका केही भू–भागमा हिमपातको सम्भावना रहेको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । पहाडी भू–भागमा वर्षाको सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भू–भागमा आंशिक बदलीदेखि मूख्यतया सफा रहेको छ । मधेस प्रदेशका धेरै भू–भागमा हुस्सु र कुहिरो लागेको छ ।
विभागले दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशसहित पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ ।
Facebook Comments Box