धनगढी : धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान गरेनन्।
कुनै कारण नदेखाएपनि हमालले मतदान गरेनन्।
यस्तै भजनी नगरपालिकाका उपमेयर राजु तिरुवाले पनि मतदान गरेनन्। हमाल स्वतन्त्र निर्वाचित हुन् भने तिरुवा नागरिक उन्मुक्तिबाट निर्वाचित हुन्।
तुरुवा बिरामी रहेको हुँदा उपस्थित हुन नसकेको बताएकी छन् भने हमालले कुनै प्रतिक्रिया दिएका छैनन्।
सुदूरपश्चिममा राष्ट्रियसभाको निर्वाचन सकिएको छ।
राष्ट्रियसभा सदस्य हरिराम चौधरी, इन्दु कडरिया र महेशकुमार महराको पदावधि आगामी फागुनमा सकिन लागेकाले रिक्त हुने पदका लागि निर्वाचन गर्न लागिएको हो।
सुदूरपश्चिममा सत्ता गठन्धनको तर्फबाट नेपाली कांग्रेसबाट नारायणदत्त भट्ट (कैलाली), बलदेव बोहरा (कञ्चनपुर) र नेकपा (माओवादी केन्द्र) का रेणु चन्द (बैतडी) उम्मेदवार छन्।
यसैगरी, नेकपा (एमाले) कैलालीका रामचन्द्र जोशी, सावित्रा घिमिरे र कञ्चनपुरका ईश्वरीप्रसाद खरेल चुनावी मैदानमा उत्रिएका छन्।