काठमाडौं : गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए)का सदस्य कुमार कार्कीको एउटा कर्तुत बाहिर आएको छ।
थाइ-नेपाली संघका पूर्वअध्यक्ष तथा वर्तमान सल्लाहकारसमेत रहेका कार्कीले युवतीहरुलाई आर्थिक प्रलोभनमा पारेर शारीरिक सम्पर्कको अफर गर्न खोजेको पाइएको छ।
उनी आफैले अहिलेसम्म दुईसय युवतीसँग शारीरिक सम्बन्ध राखेको फेसबुक मेसेन्जरमार्फत एक युवतीलाई बताएका छन्। उनले एक युवतीलाई त २४ सय अमेरिकी डलरको लोभ देखाएर यौन प्रस्ताव राखेका छन्।
उनीमात्र नभएर उनका भाइ जेम्स कार्कीले पनि त्यस्तो हर्कत गर्ने गरेको भन्दै दाजुभाइविरुद्ध थाइल्याण्ड प्रहरीमा एक युवतीले उजुरी दिएकी छिन्।
थाइल्याण्डमा बस्दै आएकी युवतीले सामाजिक सञ्जालमार्फत दाजुभाइले पटक-पकट गलत नियत राखी एसएमएस पठाउने गरेको उजुरीमा उल्लेख गरेकी छिन्। बिरोध गरे उल्टै धम्की दिएको पनि उजुरीमा उल्लेख छ।