सर्लाही : सर्लाहीको हरिवनमा छात्रालाई जबर्जस्ती करणीको प्रयासमा एक शिक्षक पक्राउ परेका छन् ।
आफ्नै विद्यालयमा अध्ययनरत एक १४ वर्षीय छात्रालाई करणीको प्रयास गर्ने हरिवन नगरपालिका-११, का ४२ वर्षीय रवीन कार्की पक्राउ परेका हुन्।
गत बुधबार शिक्षक कार्कीले गएको मदिरा सेवन गरी बालिकालाई भान्साको काम गरिरहेका बेला घरमै पुगेर जबर्जस्ती करणीको प्रयास गरेका थिए। तर, किशोरीले प्रतिकार गर्दा उनी भागेका थिए।
किशोरीका परिवारले घटनाबारे कार्यालयमा जाहेरी दिएलगत्तै कार्कीलाई पक्राउ गरी हिरासतमा लिइएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिए।
Facebook Comments Box