बैतडी: बैतडीको डिलाशैनी गाउँपालिकाले गाउँघरमै भत्ता वितरण गर्न थालेको छ।
पालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा र कुमारी बैंकको संयुक्त आयोजनामा पालिकाभित्र सामाजिक सुरक्षा भत्ता भुक्तानी शिविर सञ्चालन गरेको हो। शिविरमार्फत अहिले दोस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरण भैरहेको गाउँपालिकाको पञ्जीकरण शाखा प्रमुख लोकराज जोशीले जानकारी दए।
कुमारी बैंक र डिलासैनी गाउँपालिकाको सँयुक्त आयोजनामा माघ ५ गतेबाटे वडा तथा गाउँगाउँ पुगेर सबै प्रकारको सामाजिक सुरक्षा भत्ता बैंङ्किङ प्रणाली मार्फत वितरण कार्य सुरु गरिएको उनले बताए ।
पालिकाले गाउँघरमै भत्ता वितरण गर्न थालेपछि सेवाग्रही खुसि भएका छन् ।
Facebook Comments Box