धनगढी : कञ्चनपुरकी एक महिलाको उपचारमा आर्थिक समस्या भएको छ।
जिल्लाको पुनर्वास नगरपालिका–११ की पार्वती दमाईको उपचारमा आर्थिक समस्या भएको हो।
ब्रेन ह्यामरेज भएर सिकिस्त रहेकी उनको भारतको बरेलीमा उपचार भइरहेको उनका श्रीमान दलबहादुर दमाईले जानकारी दिए।
उनले आर्थिक अवस्था कमजोर भएर उपचारमा समस्या भएको भन्दै सहयोगको अपील गरेका छन्।
सहयोग गर्न इच्छुकले उनका छोरा विरबहादुर दमाइको माछापुच्छे बैंकको खातामा सहयोग गर्न सक्ने छन्।
Facebook Comments Box