कञ्चनपुर : कञ्चनपुरमा भारतबाट भित्र्याइदै गरेको उखु रोक्ने ५ कृषकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाको महाकाली सुगर मिलमा भारतबाट भित्र्याइदै गरेको उखु बोकेका ट्याक्टर रोक्ने ५ जनालाई प्रहरी पक्राउ गरेको हो।
बेलौरी नगरपालिका -१० शिवनगर स्थित महाकाली सुगरमिल नजिक शनिबार राति केही स्थानीयहरुले भारतबाट आएको उखु भन्दै ट्याक्टर ट्रालीलाई रोकेका थिए। ट्याक्टर ट्रली रोकिएपछि स्थानीय ५ जनालाई प्रहरीले पक्राउ गरेको बताइएको छ।
मिलको गेटमा आएका ट्याक्टर ट्रली रोकेपछी सोधपुछ गर्न उनीहरूलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय बेलडाडीका प्रहरी निरीक्षक कृष्ण कुवरले बताए।
किसान पक्राउ परेपछि आक्रोशित आफन्तले अहिले मिलको प्रवेश गेटमा ताला लगाएका छन्
Facebook Comments Box