डोटीः डोटीमा चितुवाको आक्रमणबाट एक महिला घाइते भएकी छन्।
शनिबार दिउँसो चितुवाले आक्रमण गर्दा पूर्वीचौकी गाउँपालिका–५ काँडामाण्डौकी ५२ वर्षीया मैना देवी तिरुवा घाइते भएकी हुन्।
जङ्गलमा बाख्रा चराउन गएको बेला तिरुवालाई चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता प्रहरी निरीक्षक सिताराम विष्टले बताए।
चितुवाले उनको खुट्टाको घुँडामुनी टोकेको छ। घाइते तिरुवालाई जिल्ला अस्पताल डोटीमा खोप नभएपछि धनगढी रिफर गरेको प्रवक्ता विष्टले बताए।
Facebook Comments Box