धनगढी : बझाङको बुङ्गल नगरपालिकामा सात बर्षपछि सार्वजनिक सुनुवाइ भएको छ । जिल्लामा कहिल्यै सार्वजनिक सुनुवाइ गर्ने पालिकाको रुपमा रहेको बुङ्गलले बुधबार पहिलोपटक सार्वजनिक सुनुवाई गरेको हो ।
नगरपालिकाले पहिलो पटक सार्वजनिक स्थानमा नै आफ्नो सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ । जनप्रतिनिधि निर्वाचित भएर आएपछि भएको प्रगति समीक्षा एवं आगामी दिनमा कस्तो काम गर्नु पर्छ त भन्ने विषयमा सार्वजनिक रूपमा नै नगरपालिकाले सार्वजनिक सुनुवाइ गरेको हो ।
सार्वजनिक सुनुवाइमा सहजिकरण पत्रकार महासंघ जिल्ला शाखा बझाङले गरेको छ ।
लामो समयसम्म नगरपालिकामा सार्वजनिक सुनुवाइ नभएपछि स्थानियहरुले सार्वजनिक सुनुवाइ आवाज उठाउदै आएका थिए ।
बुधबार नरपालिकाले खुल्ला चौरमा सार्वजनिक सुनुवाइ गरेपछि नेकपा एमालेका युवा नेता मोहन बोहराले सामाजिक संजालमै राम्रो पक्ष भएको लेखेका छन् । उनले बुंगली जनताले चासोको रुपमा हेरिएको बिषयमा नाटक मञ्चन नगर्न समेत आग्रह गरेका छन् ।
कार्यक्रममा सहभागी स्थानीयले नगरपालिकाले सम्पादन गरिरहेका सेवामा टिप्पणी गर्दै विविध समस्या र सुझाव राखेका थिए । कार्यक्रममा जनताका सुझाव उनीहरूले नै राख्न पाउँदा उनीहरू खुसी भएका थिए ।
पहिलो पटक सार्वजनिक रूपमा गरिएको उक्त सार्वजनिक सुनुवाइलाई अघिल्लो स्थानीय निकायका जनप्रतिनिधिले जस्तो बन्द कोठामा सम्पन्न गरी काम गरे जस्तो मात्र नगर्न सुझाव सर्वसाधारणले दिएका थिए ।