काठमाडौं: बाँसबारी छालाजुत्ता कारखानाको जग्गा घोटाला आरोपमा पक्राउ परेका अरुण चौधरीलाई धापासी स्थित ग्राण्डी अस्पतालमा सारिएको छ।
गएराति महाराजगञ्ज स्थित चिरायु अस्पतालमा भर्ना गरिएका चौधरीलाई अस्पतालले रिफर गरेपछि ग्रान्डीमा सारिएको केन्द्रीय अनुसन्धान ब्युरोका एकजना अधिकृतले बताए।
उनीसँगै पक्राउ परेका अजितनारायण सिंहलाई पनि ग्राण्डीमा रिफर गरिएको छ। अरुण चौधरीको मुटुमा समस्या देखिएको चिकित्सकहरुले बताएका छन्।
बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायण सिंहको निर्णय र प्रतिवेदनको आधारमा १० रोपनी जग्गा निजीकरण भएको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धान निष्कर्ष छ।
Facebook Comments Box