काठमाडौं : एकताकाका नेपालको अपराधिक दुनियाँका डन मानिने गुण्डा नाइले कुमार ‘घैंटे’ (कुमार श्रेष्ठ) ले जन्माएको कम्पनी अहिले कालोसूचीमा परेको छ। तत्कालीन संस्थापक ‘घैंटे’को कम्पनी श्री गजुरमुखी निर्माण कम्पनी प्रालि कालोसूचीमा परेको हो।
अहिले सन्तोष गौतम र दिपम गौतम मुख्य सञ्चालक रहेको सो कम्पनीलाई २ वर्ष बढी अवधिको लागि कालोसूचीमा राखिएको बताइएको छ।
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा ९१० बमोजिम सो कम्पनीलाई कालोसूचीमा राखिएको हो।
आपूर्तीकर्ताहरुलाई कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनैपनि खरिद कारवाहीमा भाग लिन नसक्ने चेतावनी पनि दिइएको छ।
सडक डिभिजनको कार्यालय नेपालगञ्जले कालोसूचीमा राख्न लेखि पठाएपछि सो कम्पनी कारबाहीमा परेको हो।
यतिमात्र होइन सन्तोष गौतमले न्यायाधीशहरुको नाम बेचेर आतंक मच्चाएको पनि बताइन्छ ।
विशेष अदालतको सेटिङ मिलाउने भन्दै उनले असुली गर्ने गरेको बताइएको हो।
ती गौतम अहिले २०७२ तिर प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके ‘घैंटे’ले जन्माएको कम्पनीका मुख्य मान्छे बनेका हुन्। तत्कालीन समयमा घैंटे कांग्रेस नेता अर्जुननरसिंह केसी निकट मानिन्थे।