पश्चिम नवलपरासी : पश्चिम नवलपरासीमा नचिनेका मानिसहरूको समूहको गोली प्रहारबाट एक व्यवसायी घाइते भएका छन् ।
बर्दघाट नगरपालिका-१६ केराबारीनजिकै नचिनेका व्यक्तिले गोली प्रहार गरी ६५ वर्षीय व्यवसायी गजेन्द्र विश्वकर्मालाई घाइते बनाएको प्रहरीले जनाएको छ ।
सुस्ता गाउँपालिका-१ बरुवामा सुनचाँदी पसल गर्ने विश्वकर्मामाथि घर फर्कने क्रममा शनिबार राति गोली हानिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी रेशम बोहराले बताए ।
पाखुरामा गोली लागेर घाइते विश्वकर्माको बुटवलस्थित तिनाउ अस्पतालमा उपचार भइरहेको छ । गोली प्रहार गर्ने व्यक्तिको खोजी कार्य भइरहेको डीएसपी बोहराले बताए ।
Facebook Comments Box