धनगढी : कञ्चनपुरमा नियम विपरीत चलाइएको भन्दै प्रहरीले भारतीय नम्बर प्लेटका ५८ वटा गाडी नियन्त्रणमा लिएको छ।
नेपाल भारत सिमाको नेपाल तर्फको दशगजा क्षेत्रमा लामो समयदेखि भारतीय नम्वर प्लेटका सवारी साधनहरु पार्किङ गरी नेपालमा कुनै भन्सार नतिरी,सुविधा नलिएर आर्थिक ऐन र भन्सार ऐनमा व्यवस्था भएका ऐन नियम पालना नगरी यात्रु बोक्ने गाडीलाई मंगलबार नियन्त्रणमा लिइएको हो ।
दशगजा क्षेत्रको संरक्षण तथा व्यवस्थापनका लागि स्थानीय रुपमा सर्वपक्षीय बैठक बसाली सवारी साधन पार्किङ नगर्ने निर्णय गरि सहयोगको लागि प्रहरीलाई सोमबार पत्र दिइएको थियो ।
सोही आधारमा सो क्षेत्रमा पार्किङ गरिएका र आसपासमा चलिरहेका ५८ वटा सवारी साधनहरु नियन्त्रणमा लिईएकोमा आवश्यक प्रक्रिया र कागजातहरु चेकजाँच गरि ४८ वटा सवारी साधनलाई सम्झाई बुझाई गरि छोडिएको र १० वटा सवारी साधनलाई आवश्यक कागजात र प्रक्रिया नपुर्याएका कारण कारवाहीका लागि भन्सार कार्यालय गड्डाचौकी पठाइएको प्रहरीले जनाएको छ ।