धनगढी : क्यानडाविरुद्धको दोस्रो एक दिवसीय सिरिजमा नेपालका यु १९ टिमका कप्तान देव खनाल र सिनियर टोलीका कप्तान रोहित पौडेलले अर्धशतक बनाएका छन् । देवले ५६ बलमा ४ चौका र २ छक्काको मद्दतमा ५० रन बनाएका हुन् । भने पौडेलले ६८ बलमा ४ चौका र ३ छक्काको मद्दतमा अर्धशतक बनाएका हुन् ।
यसअघि नेपालका अनिलकुमार साहले पनि अर्धशतक पूरा गरेका छन् । उनले जम्मा १९ बलमा अर्धशतक बनाएर एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक छिटो शतक बनाउने नेपाली खेलाडी बनेका छन् ।
२८६ रनको लक्ष्य पछ्याएको नेपालले २८ ओभरको खेल सकिँदा २ विकेट गुमाएर १७० रन बनाएको छ ।
Facebook Comments Box