कञ्चनपुर : कञ्चनपुरको प्रहरी प्रमुखका रुपमा कार्यरत ‘विवादित’ छविका एसपी कमल थापाको सरुवा भएको छ। उनको अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा टंगाल काठमाडौँमा सरुवा भएको हो ।
उनको स्थानमा लागूऔषध नियन्त्रण ब्युरो अपराध अनुसन्धान तथा कारबाही शाखा काठमाडौँका चक्रराज जोशी आउने भएका छन् ।
थापा कञ्चनपुर हुँदा प्रहरी संगठनभित्रको बेथितिबारे आवाज उठाएकै दुई पत्रकार पक्राउ परिसकेका छन् भने फेसबुकमा कमेन्ट गरेकै आधारमा थप दुईजना समेत पक्राउ परेका छन्। उनी नेतृत्वमा हुँदा प्रहरी जवान नरेश नाथले आफूलाई प्रहरीले नै थुनेर ज्यादति गरेको आरोप लगाएका थिए। यस्तै एक महिला हवल्दारले आफूमाथि बर्दीमै हातपात हुँदा पनि अधिकारीहरुबाट न्याय पाउनुको साटो उल्टै स्पष्टीकरण सोधिएको आरोप लगाएकी छिन्।
कञ्चनपुरका प्रहरी प्रमुख थापा अवैध सामानको पैठारीमा सहयोग तथा घुमुुवा प्रहरीमार्फत केही व्यापारीबाट हप्ता उठाउने गरेको आरोप लाग्ने गरेको छ। अन्य जिल्लामा कार्यरत हुँदा पनि उनको बारेमा नकारात्मक खबरहरु आउने गरेका थिए।
यो पनिः कञ्चनपुरका एसपी थापाः जहाँ गयो त्यहीँ ‘विवादित’ !
कैलाली र कञ्चनपुरमा निकटको एसपी ल्याउन बिचौलियाको कसरत
महिला हवल्दारलाई रुवाउने ‘स्कोरपियो’ चढ्थे एसपी थापा, ‘विवादित’ उद्योगी चन्दसँग साँठगाँठ