२०८३, आश्विन २५ गते

२०८३, आश्विन २५ गते

सशस्त्रका एआइजी दाहाललाई सेवाबाट हटाइयो

शुक्रवार, आश्विन २३ २०८३०८:२८

काठमाडौं- पदीय आचरणको गम्भीर उल्लंघन गरी सूचना चुहावट अभियोगमा गृह मन्त्रालयले सशस्त्र प्रहरीका एआइजी बंशीराज दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको छ।

गृहमन्त्री सुधन गुरुङले जाँचबुझ प्रतिवेदनका आधारमा शुक्रबार सो निर्णय गरेका हुन्। 
दाहालले सुरक्षासम्बन्धि संवेदनशील सुचना पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निकट बिचौलिया ईनम सापकोटालाई दिएको खुलेपछि गृहले निलम्बन गरी जाँचबुझ थालेको थियो। एआइजी अञ्जनी कुमार पोखरेलले दिएको प्रतिवेदनका आधारमा गृहमन्त्रीले उनलाई सेवाबाट हटाउने निर्णय गरेका हुन्।

प्रहरीमा यसरी एआइजी तहको कर्मचारीलाई विभागीय कारबाही गरेर सेवाबाट हटाइएको पहिलो घटना हो। दाहाल चार दिनपछि अवकाशमा जाँदै थिए। उनी चोलेन्द्रका आफन्त हुन्। 

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार