बैतडीः बझाङका घर भएका ६४ वर्षीय धौले महर बैतडीमा पक्राउ परेका छन्। उनलाई चरेशसहित प्रहरीले पक्राउ गरिएको हो।
धौलेको घर बझाङको बित्थडचीर गाउँपालिका– ५ हो।
महरलाई मंगलबार राति बैतडीको सिगास गाउँपालिका–९ श्रीभावरस्थित खोड्पे–बझाङ सडकखण्डबाट २ किलो चरेशसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए।
केसीका अनुसार, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थाई प्रहरी पोष्ट ढोल्यामोडबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका महरलाई इलाका प्रहरी कार्यालय पाटनमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक केसीले जानकारी दिए ।
Facebook Comments Box