बैतडी : सुन चोरी मुद्दामा फरार रहेकी बैतडीकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको डिलाशैनी गाउँपालिका– ५ की २२ वर्षीया लक्ष्मी नाथ योगीलाई मंगलबार पक्राउ गरिएको हो।
डिलाशैनी गाउँपालिकाण्५ कै जयानन्द नाथको घरबाट ५ तोला सुन चोरेको आरोपमा पक्राउ परेकी नाथलाई गएको मंसिर १२ गते जिल्ला अदालतले ४ महिना ८ दिन कैद सजाय र १० हजार रुपैयाँ जरीवाना तोकेको थियो।
सोही दिनदेखि फरार रहेकी लक्ष्मीलाई मंगलबार उनको घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए।
पक्राउ परेकी नाथलाई कारागार चलान गरिसकिएको उनले बताए।
सोही मुद्दामा उनका श्रीमान समेत कारागारमै रहेका छन्।
Facebook Comments Box