डोटी : डोटीको एक घरमा आगलागी भएको छ। पूर्वीचौकी गाउँपालिका-२ कुडासैन बस्ने शरु देवी ठकुल्लाको २ तले कच्ची घरमा गोठको भान्सामा बालेको आगोबाट बुधवार आगलागी भएको हो।
आगलागी हुँदा गोठमा रहेका ३ वटा गाई र १ वटा बाख्रा जलेर मरेका छन्। गोठमा रहेको पराल, काठ लगायतका सामान गरि अन्दाजी मुल्य १ लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएके छ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
Facebook Comments Box