काठमाडौं : राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा टुंडिखेलमा प्रवेश नदिइएपछि पत्रकारहरूले क्यामरा डाउन गरेर विरोध जनाएका छन् ।
मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा प्रवेश नदिएको हो । सूचना तथा प्रसारण विभागको कार्डलेसमेत प्रवेश नदिएपछि पत्रकारहरूले सांकेतिक विरोध गरेका हुन् ।
समारोहको निमन्त्रण पत्र लिएर आउन भनिएको छ ।
Facebook Comments Box