काठमाडौं काठमाडौंमा कार चलाइरहेका एक मधेसी युवालाई दुर्व्यवहार गरेर पक्राउ परेका व्यक्ति रिहा भएका छन्। कैलालीको धनगढी घर भइ हाल काठमाडौं बस्दै आएका प्रवीण श्रेष्ठ पक्राउ परेका थिए ।
शनिबार राति वीरगञ्ज घर भई कुलेश्वर बस्ने अंकित गुप्तालाई उनले नागरिकता माग्दै दुर्व्यवहार गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो। त्यसपछि श्रेष्ठ र विपक्षी चालकलाई प्रहरीले विवादबारे छलफल गराएको थियो। छलफलपछि मिलापत्र भएको एक प्रहरीले बताएका छन्।
उक्त घटना लाजिम्पाटको होटल साङ्ग्रिला अगाडी भएको थियो। ओभरटेक गरेको भन्दै प्रवीण श्रेष्ठले अंकित गुप्तालाई वाक्यपिच्छे अपशब्द बोल्दै धम्काएका थिए। प्रवीण श्रेष्ठले आफू प्रहरीको डीएसपी भन्दै धम्क्याएका थिए।
Facebook Comments Box