अछाम: अछाममा बाघले आक्रमण गर्दा एक महिला गमभीर घाइते भएकी छिन्। जिल्लाको ढकारी गाउँपालिका-८ की अन्दाजी २४ वर्षीया धना तिमिल्सेना बाघको आक्रमणबाट अघाइते भएकी हुन्।
बिहीवार घरबाट २ किलोमिटरको दुरीमा बाख्रा चराइरहेकी उनलाई बाघले आक्रमण गरेको थियो।
उनलाई उपचारका लागि जिल्ला अस्पताल मंगलसेन लगिएकोमा हिजै साँझ थप उपचारका लागि सुर्खेत प्रादेशिक अस्पताल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरीक्षक राजेन्द्र साउदले बताए ।
Facebook Comments Box