धनगढी : नेकपा एमाले कैलालीका नवनिर्वाचित अध्यक्ष यज्ञराज ढुंगानाले वादी समुदायकि महिलाकाे उपचारका लागि आर्थिक सहयाेग गरेका छन् ।
मृगौलाकाे पत्थरीकाे शल्यक्रिया गर्न सेती प्रादेशिक अस्पताल भर्ना भएकी अछामको मंगलसेन नगरपालिका-५ कि सरिता वादीकाे उपचारका लागि ढुंगानाले सहयाेग गरेका हुन्।
आज (साेमबार) बिहान प्रादेशिक अस्पताल पुगेर ढुंगानाले वादीका श्रीमान प्रेम वादीलाई सहयाेग वापत १५ हजारकाे चेक हस्तान्तरण गरेका हुन् ।
उनले आर्थिक अभावमा वादीकाे उपचारमा समस्या भएकाे थाहा पाएपछि थाेरै भएपनि राहत पुगाेस् भनेर सहयोग गरिएको बताए।
Facebook Comments Box