काठमाडौं : सेन्चुरी कमर्सियल बैंकका तत्कालीन कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार न्यौपाने पक्राउ परेका छन्।
बैंकको सिइओ हुँदा कर्जा प्रवाहमा अनियमितता गरेको आशंका गरिएका उनीसहित १२ जनालाई अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले आज नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरुमा न्यौपानेसहित सेञ्चुरी बैंकका तत्कालीन चिफ क्रेडिट अफिसर राजेश भण्डारी,तुलसीराम गौतमलगायत छन्।
उनीहरुले कमिसन लिई देउराली सहकारीका अध्यक्ष रवीन्द्र चौलागाई र उनका विभिन्न कम्पनीहरुलाई कम धितो राखेर बढी ऋण प्रवाह गरी बैंकलाई दुई अर्ब हानी नोक्सानी पुर्याएको आरोप छ।
मनोज नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपालका भान्जा हुन्। सेन्चुरी बैंक हाल प्रभु बैंकमा गाभिएको छ।
Facebook Comments Box