धनगढी : सुदूरपश्चिम प्रदेश सभा सासंद ओमबिक्रम भाट (सरल)ले प्रदेश सरकार दिशा बिहिन र कुहिरो भित्र हराएको कागजस्तो भएको टिप्पणी गरेका छन् ।
उनले सामाजिक सञ्जालमा पतिक्रिया व्यक्त गर्दै सरकारले जनताको पक्षमा काम नसकेको भन्दै सरकारबारे गम्भीर समिक्षा गर्नुपर्ने बेला आएको बताएका हुन।
सरलले गठबन्धन भित्र छलफल गरेर उपयुक्त र सहि समाधान निकाल्न नसके र सरकार तयार नभए सरकारबारे गम्भीरतापूर्वक सोच्न बाध्य हुने समेत लेखेका छन् ।
सुदूरपश्चिम प्रदेश सरकार गठन भएको एक बर्ष पूरा भइसकेको छ । यो एक बर्ष सरकार दिशा बिहिन र कुहिरो भित्र हराएको कगजस्तो भौतारिरहेको छर्लङ्ग छ । त्यसकारण सरकारबारे गम्भीर समिक्षा आजको आवस्यकता हो । यदि सुदूरपश्चिमेली जनताको हकहित, विकास, समृद्धि, सुशासन र संघीयता कार्यान्वयनको पक्षमा काम गर्न सकिदैन भने हामिहरुले निर्णायक कदम चाल्ने अवस्था सृजना हुँदैछ। त्यसैले समयमा गठबन्धन भित्र छलफल गरेर उपयुक्त र सहि समाधान निकाल्न सकिँदैन र सरकार त्यसलालागी तयार हुँदैन भने सरकारबारे हामी गम्भीरतापूर्वक सोच्न बाध्य हुनेछौं । त्यसकालागी हामी गठबन्धन भित्र गम्भीर विमर्श एवं समिक्षा गरिरहेका छौँ । केहि समयभित्रै गठबन्धन सरकार भित्र रहेका दलहरुको सामुहिक धारणा सार्वजनिक गरिनेछ । हाम्रो प्राथमिकता सरकार होइन सुशासन समृद्धि सामाजिक न्याय सहितको सुन्दर र समृद्ध सुदूरपश्चिम हो ।