धनगढी: कैलालीको धनगढीमा अवैध काठसहित मिनी ट्रक फेला परेको छ। धनगढी उपमहानगरपालिका-११ बेला भन्ने ठाउँमा १०७ वटा सालको कडीसहित से१ ख १६२० नम्बरको मिनीट्रक पल्टिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदिप चन्दले बताए।
उनका अनुसार अहिले उक्त ट्रकबारे अनुसन्धान जारी छ। यस्तै स्रोतका अनुसार सो गाडी डोटीको बडिकेदार गाउँपालिका २ स्थित संगालो कृषि सहकारीको भएको बताइएको छ। उक्त गाडी प्रधानमन्त्री स्वरोजगार एवं कृषि आधुनिकीकरण कार्यक्रम अन्तरगत अनुदानमा आएको थियो। सो गाडी डोटीका पदमसिंह बोहराले पनि चलाउने गर्दथे। त्यसपछि बिनोद मौनी र चन्द्र बोहराले सो गाडी चलाउथे।
सो गाडी डोटीबाट काठ तस्करी गर्दै धनगढी पुगेको खुलेको छ।
Facebook Comments Box