काठमाडौं: प्रहरी प्रधान कार्यालय नक्सालले बिना सूचना कार्यालयमा अनुपस्थित रहेका २३ जना कर्मचारीलाई सात दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ। जसमा डडेल्धुराको अजयमेरु गाउँपालिका-३ घर भएका प्रहरी हवल्दार डम्बरबहादुर चन्द र कञ्चनपुरको शुक्लाफाँटा-६ घर भएका प्रहरी सहायक निरीक्षक कमल राना पनि रहेका छन्।
प्रहरी प्रधान कार्यालयका अनुसार विभिन्न मितिदेखि सम्बन्धित कार्यलयमा अनुपस्थित भएका सईदेखि प्रहरी कार्यालय सहयोगीसम्मका २३ कर्मचारीलाई ७ दिनभित्र उपस्थित हुन निर्देशन दिएको हो।
प्रहरी प्रधान कार्यालयका अनुसार विभिन्न मितिदेखि सम्बन्धित कार्यलयमा अनुपस्थित भएका सईदेखि प्रहरी कार्यालय सहयोगीसम्मका २३ कर्मचारीलाई ७ दिनभित्र उपस्थित हुन निर्देशन दिएको हो।
Facebook Comments Box