धनगढी: कैलालीमा बलात्कार आरोपमा समातिएका एक नाबालक अदालतबाट छुटेका छन्। केही समय अगाडि जिल्लाको लम्कीचुहा नगरपालिका-१ का १७ वर्षीय गिरी थरका एक नाबालक बलात्कार आरोपमा समातिएका थिए।
प्रहरी हिरासतमा बसेका उनलाई जबर्जस्ती करणीको मुद्दा चलाइएको थियो। तर उनी अदालतबाट छुटेको प्रहरी स्रोतले जनाएको छ। नाबालक भएकाले उनलाई अदालतले अघिल्लो सातातिर छोडेको बुझिएको छ।
उनले २५ वर्षीया स्थानीय युवतीमाथि ३ मिनेट करणी गरेको प्रहरीसमक्ष स्वीकार गरेका थिए।त्यसपछि उनलाई मुद्दा चलाइएको थियो। उनले सुस्त मनस्थितिकी ती युवतीलाई बोलाएर करणी गरेको बताइएको थियो।
Facebook Comments Box