धनगढी : अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण सिंह बोहरा र निर्वतमान अध्यक्ष अशोकराज देवकोटा प्रहरीमा हाजिर भएका छन्।
संघले अत्तरियामा सञ्चालन गरेको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा भेटिएको नक्कली टिकटमा नाम मुछिएपछी दुवैजना सम्पर्कमा थिएनन्।
जिल्ला प्रहरी कार्यालयले उनीहरु दुवैजना आज आफै जिल्ला प्रहरी कार्यालय कैलालीमा हाजिर भएको जनाएको छ।
उनीहरुमाथी थप अनुसन्धान भईरहेको छ।
Facebook Comments Box